Fast Nepal News
Banner Below header

५ दिने (भर्चुअल) आधारभूत पत्रकरिता तालिम

banner single news

काठमाण्डौ

सन्चारण मिडिया हाउस एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजना र Women’s Room Reloaded (WRR) को सहकार्यमा आज देखी ५ दिवसिय (भर्चुअल) आधारभूत पत्रकारिता तालिम संचालन हुने भएको छ। कोरोना माहामारी संगै निषेधाज्ञाको समय लाई केन्द्रित गरेर पत्रकारिता पढ्न चाहने, पत्रकारिता सिक्न चाहने र मिडियामा स्थापित हुन चाहने नयाँ युवा पुस्तालाई पत्रकारिताको आधारभूत ज्ञान सहित यसको व्यवहारिक पक्षलाई समेत मध्यनजर गरेर उक्त तालिम संचालन हुन लागेको हो ।

तालिममा नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य, पत्रकार महासंघ काठमाण्डौ शाखाका निवर्तमान अध्यक्ष तथा आम संचार तथा पत्रकारिता विषयका लेक्चर्स शान्तराम बिडारी, अधिवक्ता, सम्पादक तथा प्रेस कानुनको ज्ञाता उज्वल खनाल र बरिष्ठ पत्रकार अस्मिता भण्डारीले प्रशिक्षण गर्ने छन् ।

Inside Article Ads

तालिममा प्रत्रकारिताको परिचय, समाचार उत्पादन प्रक्रिया, समाचार संकलन अभ्यास, समाचार लेखन र समाचार सम्पादन, समाचारको अवयवहरु, हार्डन्यूज, सफ्टन्यूज, समाचार कक्ष, समाचार स्रोत स्रोतको विश्वसनीयता परीक्षण, स्रोत र समाचार संगको व्यावसायिक सम्बन्ध, विधी , समाचार बनोटको ढाँचा पाण्डुलिपी सम्पादन, आम संचार तथा पत्रकारिताको कानुनी पक्ष, यसको नियमनको सन्दर्भमा रहेर प्रेस स्वत्रन्त्रता र यसको सिमा, विद्यमान कानुन, पत्रकारिता नियमनको विविध आयाम मिडिया निती , प्रेस मर्यादा र उत्तर दायित्व , नेपालमा मिडियाको नियमन र त्यसको प्रभावकारिता, प्रेस सम्बन्धी ऐन, तथा पत्रकार आचारसंहिता तथा खोज पत्रकारिताको सन्दर्भमा विषयवस्तु समेटिने छन्।

भर्चुअल रुपमा जुम मार्फत संचालन हुने उक्त कार्यक्रममा विभिन्न प्रदेश, जिल्ला र समुदायका गरी ५५ जना सहभागी हुने छन् ।

Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.