
प्रकाश कपाली। काठमाडौ ट्रेकिङ कम्पनीका मालिक राम कुमार तामाङ एक सफल व्यवसायी हुन्। ट्रेकिङ कम्पनीका मालिक राम कुमार तामाङको जन्म सोलुखुम्बुको झाकीबास गाउँमा जन्म भएको थियो। प्रकृतिलाई नियालेका तामाङले पाखापखेरामा रमाएका उनले जन्मभूमिलाई प्राथमिकतामा राख्दै कसैको प्रलोभनमा नपरी पर्यटन व्यवसाय अंगालेका थिए।
पर्यटन व्यवसाय अँगालेका राम कुमार तामाङको जन्म निम्नवर्गीय परिवारको सदस्यमा भएको थियो । एक छाक खाना धौधो पर्ने यस्तो दुखमय अवस्थाबाट भरिया पेशा अँगालेका तामाङले कुक पेशा अंगाले।
कुक पेशाबाट पर्यटकलाई गाईड गर्दै उनी पर्यटन व्यवसायमा प्रवेश गरे। लामो समयको संघर्षपछि पर्यटन पेसामा उनले सफलताको शिखर चुम्न समेत सफल भए।आफूले गरेको पेशाबाट आफ्ना दुई सन्तानहरुलाई विदेशमा उच्च शिक्षा हासिल गराउनमा उनी सफल भए। उनका छोरा अहिले फेन्च लाहुरे भएका छन् भने उनले आफ्ना छोरीको डाक्टर पढाउने सपना पूरा गरेको छ । यसरी व्यवसायमा सफल भएका सफल व्यवसायी राम कुमार तामाङले आफ्नो जिन्दगीमा भएको घटनाहरूको स्मरण गर्दै दुईवटा सन्देशमूलक पुस्तकहरु प्रकाशन गर्नसमेत उनी सफल भएका छन्।

अनुभूति र अमूर्त यात्राको मार्ग पुस्तक प्रकाशित गर्न उनी सफल भएका छन् भने ट्रेकिङका सम्झनाहरु पुस्तकले उनको आम-मानिसमा छुट्टै पहिचान बनाउन सफल भएको छ।
ट्रेकिङ कम्पनीका मालिक राम कुमार तामाङ समाजसेवामा समेत सक्रिय रहेका छन्। समाजसेवामा सक्रिय रहेका उनले शिक्षा र स्वास्थ्य बाट विमुख भएका दर्जनौं बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै आएका छन्। ग्रामीण क्षेत्रमा शिक्षा र स्वास्थ्य क्षेत्रमा समाजसेवाको कारण छुट्टै पहिचान र अस्तित्व कायम गर्न उनी सफल भएका छन्।
राम कुमार तामाङ सफल व्यवसायी मात्र नभई एक सफल समाजसेवी समेत भएका छन् । मानिसले जस्तोसुकै परिस्थितिबाट आफ्नो कार्यमा धैर्यवान भएर निरन्तर लागि रहने हो भने एकदिन अवश्य सफलताको शिखर चुम्न प्रत्येक व्यक्तिले सक्छ भन्ने उदाहरण ट्रेकिङ कम्पनीका मालिक राम कुमार तामाङ बनेका छन् ।
