Fast Nepal News

रसुवामा नेपाल हेल्पिङ एजुकेसन फाउन्डेसन अफ नेपालद्वारा स्वास्थ्य सामाग्री सहयोग

banner single news

 

रसुवा जिल्ला स्थित नौकुन्ड गाउँपालिकामा नेपाल हेल्पिङ एजुकेसन फाउन्डेसन अफ नेपालले ठूलो परिमाणमा स्वास्थ्य सामाग्री सहयोग गरेको छ।
हालै एक समारोहकाे अायाेजना गरि नौकुन्ड गाउँपालिकाका अध्यक्ष नोर्बु साङ्बो घलेको उपस्थितिमा स्वास्थ्य सामाग्री तथा स्वस्थ्यकर्मीको लागि सुविधा सम्बन्धी सम्झौता कार्यक्रम सम्पन्न भएको छ। उक्त अवसरमा नौकुन्ड गाउँपालिका वडा नं.५ का अध्यक्ष गोन्ते ग्याम्तान र वडा नं. ६ का अध्यक्ष धर्म बहादुर थोकर समेत उपस्थित रहेको थियो।

नेपाल हेल्पिङ एजुकेसन फाउन्डेसन अफ नेपालका कार्यक्रम संयोजक रत्न कुमार तामाङका अनुसार कोभिड महामारीलाई लक्षित गरि स्टाफ नर्स र स्वयंसेविका समेत उपलब्ध गराइएको र करिब ६ लाख बराबरको स्वास्थ्य उपकरण हस्तान्तरण गरेको बताए। कोभिड उपचारलाई सहज बनाउन आफू आवद्ध संस्थाले सहयोग गरेको संयोजक तामाङले बताए।

नेपाल हेल्पिङ एजुकेसन फाउन्डेसन अफ नेपालको पहलमा जर्मनीको जिओटेकसँगको सहकार्यमा निर्माण गरेको नौकुन्ड गाउँपालिका वडा नं ५ र ६ मा अवस्थित आधुनिक स्वस्थ्य चौकी भवनलाई काेभिड उपचार केन्द्र बनाउने स्थानीय सरकारले निर्णय गरेको छ।

Inside Article Ads


२०७५ सालमा करिब ८० लाख लगानीमा निर्माण गरेको उक्त भवन रसुवा जिल्लाकै आधुनिक उपकरणयुक्त स्वस्थ्य चौकीको रूपमा परिचित रहेको संयोजक तामाङले बताए।उक्त स्वस्थ्य चौकी ब्यवस्थापन गर्न गाउँघर क्लिनिक सन्चालन तथा ब्यावस्थापन समिति समेत गठन गरेको उनले जानकारी गराएका छ्न् ।

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.