Fast Nepal News

क्षेत्रपाटि निःशुल्क अस्पताललाई भरतमाेहन अधिकारी स्मृति फाउन्डेसनको २०० थान पिपिई तथा ५० थान अक्सिमिटर सहयोग

banner single news

 

काठमाडौं- भरतमाेहन अधिकारी स्मृति फाउन्डेसनले क्षेत्रपाटि निःशुल्क चिकित्सालयलाई २०० थान पिपिई तथा ५० थान अक्सिमिटर सहयाेग स्वरूप उपलब्ध गराएकाे छ ।
फाउण्डेसनले मंगलबार उक्त सहयोग उपलब्ध गराएको हो ।
फाउन्डेसनको तर्फबाट फाउण्डेसनकी संस्थापक तथा भरत माेहन अधिकारीकि छाेरी लिमा अधिकारीले अस्पतालका अध्यक्ष डा. मनाेजमान श्रेष्ठलाई स्वास्थ्य सामाग्री हस्ताण्तरण गरेकी थिईन् ।

उक्त अस्पतालले निःशुल्क कोभिड बिरामीकाे उपचार गर्दै आएको छ । कोभिड १९ को नयाँ भेरियण्टका कारण संक्रमणको जोखिम बढदै गईरहेको स्थित माझ देशको घना जनघनत्व रहेको राजधानी स्थित क्षेत्रपाटीमा संचालित उक्त अस्पतालमा कार्यरत चिकित्सक एवम् स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यानमा राख्दै मुख्य आवश्यकताको पहिचान गरि उक्त सहयोग उपलब्ध गराएको फाउण्डेसनकी संस्थापक लिमा अधिकारीले जानकारी गराईन् ।

Inside Article Ads

भरतमोहन अधिकारी स्‍मृति फाउण्डेसन पूर्व उपप्रधान एवम् अर्थमन्त्री स्वर्गिय भरतमोहन अधिकारीको स्‍मृतिमा स्थापना भएको सामाजिक संस्थाले । स्वर्गिय नेता अधिकारीकी धर्मपत्नी सबिता अधिकारी फाउण्डेसनको अध्यक्ष छिन । फाउण्डेसनले जेष्ठ नागरिकको क्षेत्रमा उल्लेख्य योगदान पुर्याउदै आएको छ भने अन्य सामाजिक कार्यमा समेत संलग्न रहदै आएको छ ।

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.