
रामेछापको दोरम्बा गाउँपालिका–२,श्री काकलिङ माविका पूर्वविद्यार्थीहरु आवद्ध साझा सस्था काकलिङ पूर्व विद्यार्थी समाज गठन लगतै विवादमा तानिएका छ्न।

जिल्ला प्रशासन कार्यालय रामेछापमा गत बैशाख २७गते काकलिङ पूर्वविद्यार्थी समाजले औपचारिक रुपमा मान्यता पाएको थियो।मिलन कुमार घिसिङको संयोजकत्व एब पदमबहादुर बिस्वकर्मा सचीव रहने गरि ९ सदस्यीय कार्यकारी समिति चयन गरेको थियो।
सम्पुर्ण पुर्बबिद्यार्थीहरु आवद्ध गराएर साझा मंचका रुपमा स्थापना गर्ने भनिएता पनि राजनीति र ब्यक्तिगत पुर्वाग्रहका कारण स्थापनामै विवादित बनेको पुर्बविद्यार्थी डा.उज्जल थोकरले आरोप लगाएका छ्न।एक सन्दर्भमा डा.थोकरले एउटा विद्यालयको दुइवटा पुर्व समाजको औचित्य किन छ?भन्दै प्रतिप्रश्न गरेका छ्न।
उनले अगाडि भनेका छ्न पुर्वविद्यार्थी समाज बनाउने अवधारणा निकै राम्रो कदम हो।तर जन्मिदै राजनितिक रङग बोकेर जन्मेका संस्थाहरुले सम्पुर्ण विद्यार्थीलाई एक गर्न नसक्ने दाबी समेत गरेका छ्न।
काकलिङका पुर्बविद्यार्थी एब सेनानिबृत रविन लामाले नबगठित सस्थाको पदाधिकारीको मानसिकता माथी प्रश्नचीन्ह खडा गर्दै आफ्नो धारण स्पष्टसग ब्यक्त गरेका छ्न।लामाले आफ्नो फेसबुक वालमा दलिल पेश गर्दै भनेका छ्न।पुर्ब बिद्यार्थी साथिहरु सगको पटक-पटक भेटघाट र गहण छलफल पश्चात मात्र काठमाडौ स्थित बानेश्वरमा मिति २०७६/११/३गतेका दिन काकलिङ माविको आह्वान र समन्वयमा विद्यालय व्यबस्थापन समितिको अध्यक्ष,अबिभाबक संघकाे अध्यक्ष , विद्यलयको,प्रअ.,शिक्षकहरु,वडाअध्यक्ष र वडा सदस्य समेतको उपस्थितिमा काकलिङ माबीका पूर्वविद्यार्थीहरुको भेला भएको बताए।उनले भनेका छ्न उक्त भेलाले संयोजक मिलनकुमार घिसिङ सहित १९ सदसिय काकलिङ पुर्वविद्यार्थी समाज गठन भएको प्रस्ट्याएका छ्न।यद्यपि सामुहिक भावना र कार्यगत एकताको अभावमा पुरक ९९.४३% समितिको सदस्य साथीहरुको उपस्थित विना संस्था कसरी दर्ता हुन सक्छ ? कथित दर्ता भएको भनेको संस्थाले कसरी सामुहिक भावना जोड्न सक्छ भन्दै पुर्बबिद्यार्थी लामाले अध्यक्षलाई प्रश्न समेत तेर्साएका छ्न।
यसै सन्दर्भमा काकलिङ पूर्वविद्यार्थी समाजका सचिब पदमबहादुर बिस्वकर्माले प्राबिधिक तयारी गर्दा केही साथीहरु दर्ता प्रक्रियामा नाम छुट हुन पुगेको स्वयीकार्यका छ्न।सचिब बिस्वकर्माले आगामी दिनमा सम्पूर्ण पुर्बबिद्यार्थीहरुलाई समेट्ने बताए।

काकलिङ माबीमा अध्ययन पूरा गरेका स्वदेश तथा बिदेशमा कार्यरत पुर्बविद्यार्थीहरुले समेत कार्यगत एकतामा जोड दिएका छ्न।भाबनात्मक एकतामा जोडदिन सक्ने कार्यकारी समिती गठन हुनुपर्ने माग सामाजिक संजालमा मार्फत काकलिङ माबीका पुर्बविद्यार्थीहरुले राखेका छ्न।
