
“विपतका सारथी कर्णालीका युवाहरु” समुहले आज देखि प्रदेश अस्पतालका कोरोनाका विरामीका कुरुवालाई निःशुल्क खाना वितरण कार्यक्रम संचालन गरेको छ ।

कर्णाली प्रदेशका सवाददाता एब समुहका सदस्य बिर्ख बहादुर रोकायका अनुसार राजधानी वीरेन्द्रनगर सुर्खेत वजार आसपासमा खटिएका सुरक्षाकर्मीलाई चियापान गराएको बताए।निषेधाज्ञामा सडकमा खटिएका प्रहरी दिनभर आकुल व्याकुल भएर सुरक्षा दिईरहेको तर उनिहको स्वास्थ्यको विषयमा कसैले चासो नदिएको भन्दै युवाहरुको समुह सकृय भएका उनले बताए।
“कोरोना कहर तिब्ररुपमा विश्वभर फैलिरहेको वेला सबै क्षेत्रको समस्याहरुलाई मध्यनजर गर्दै यो युवाको समुहले आजदेखि निरन्तर सेवा दिदै आएको र यसलाई निरन्तर दिने सामाजिक अभियानकर्ता ममता अधिकारीले जानकारी दिईन।कर्णाली प्रदेश अस्पतालका कोरोनाका विरामीका कुरुवालाई निःशुल्क खाना वितरण कार्यक्रम पनि संचालन गरेको अधिकारीले जानकारी दिइन।
