
रामेछापको दोरम्बा गाउँपालिका–२ दोरम्बामा रहेको श्री काकलिङ माविका पूर्व विद्यार्थीहरुको साझा सस्था काकलिङ पूर्व विद्यार्थी समाज गठन सगै जिल्ला प्रशासन कार्यालय रामेछापले औपचारिक मान्यता दिएको छ। मिलन कुमार घिसिङको संयोजकत्वमा ९ सदस्यसीय तदर्थ समिति गठन गरेको हो।

सयोजक घिसिङका अनुसार विभिन्न कालखण्डमा श्री काकलिङ माध्यमिक विद्यालय दाेरम्वामा अध्ययन गरेका सम्पूर्ण पूर्व विद्यार्थीहरुलाई संगठित गरी आर्जित सीप, क्षमता र अनुभवलाई आफु पढेको विद्यालय,आफु जन्मे हुर्केको भुगाेल र देशको हित र सेवामा प्रयोग गर्ने उचित वातावरण सिर्जना गर्ने मनसायले काकलिङ मावि पूर्व विद्यार्थी समाज स्थापना गरिएको बताए।उनले सम्पूर्ण पूर्व विद्यार्थीहरुलाई यस संस्थामा गाेलवद्ध हुन समेत आवहान गरेका छ्न।
काेभिड-१९ (काेराेना भाइरस)वाट मारमा परेका जनजीवनलाई ख्यालमा राखेर स्वस्थ्य तथा संक्रमितलाई यथा सम्भब सहयोग गर्ने योजना पनि अगाडि सार्ने काकलिङ पूर्व विद्यार्थी समाजका सचिब पदम बहादुर बिश्वकर्माले बताए।
एक सन्दर्भमा पंक्तिकारसगको सवादमा निषेधाज्ञा कारण उपस्थित भएर बैठक सन्चालन गर्न नसकेकाले प्रारम्भिक चरणको मह्त्वपुर्ण निर्णय नगरेको बताए।केही दिनमा भर्चोल विधिबाट बैठक बसि विषम परिस्थितिमा सहयोग र सद्भाव जुटाउने निर्णय समेत गर्ने योजना रहेको सचिब बिश्वकर्माले बताए।
