
टोकियो -जापानमा बस्दै आएका गैरआवासीय नेपाली संघ एसिया प्यासिफिक उपसंयोजक पारसमणि पोखरेल माथि कार्वाहीको माग राख्दै निवेदन परेको छ । उनी विरुद्ध पैसा नतिरेको, धम्की दिएको र आर्थिक हिनामिना गरेको उजुरी परेको हो । आफूले तिर्नुपर्ने पैसा तिर्नुको सट्टा धम्कीपूर्ण बोली बोलेको र आर्थिक अपचलन गरेको आरोप पोखरेल माथि लगाईएको छ । जापानमा व्यवसाय संचालन गरिरहेका पोखरेलले जापानका व्यवसायी तथा एनआरएन पूर्व आइसीसी सदस्य डिलाराम खरेलका छोरा गिनिज खरेललाई पैसा मागेको भन्दै गाली गलौज तथा धम्की दिएको घटना बाहिरिएको छ । हाल कोरोनाको बिरामी भइ अस्पतालमा उपचाररत खरेल माथि पोखरेलले उल्टो फेसबुकमा स्टाटस लेखेर मानमर्दन गरेको आरोप खरेलले लगाएका छन् ।
पोखरेलको व्यवहार देखी चिडिएका गिनिजले एनआरएनजस्तो गरिमामय संस्थाका जिम्मेवार व्यक्तिले धम्कीपूर्व गाली गरेको भन्दै सामाजिक रुपमा छलफलको माग राखी एनआरएनमा निबेदन समेत दिए तर त्यसको सुनुवाई भएको छैन् ।
गिनिजद्वारा पेश निवेदनमा भनिएको छ-’वुवा विरामी भएपछि कम्पनीको कारोबार मैले सबै मैले हेरिरहेको छु र कम्पनिको बक्यौदा रकम उठाउने क्रममा पारसमणी पोख्रेलसंग लिनु पर्ने बक्यौताको बारेमा चुक्ता गरिदिन अनुरोधको लागि सम्पर्क गर्दा, मलाइ उल्टै हैसियत र धम्कीपूर्ण तरिकाले बक्यौदा के किन, त को, ढाल्दिन्छु जस्ता अपसब्द प्रयोग गरेको जानकारी गराउदछु ।’
त्यसैगरिजापानको ओसाकामा रहेको विश्वास कम्पनी लिमिटेडले एनआरएन जापान नायोगा क्षेत्रीय समितिलाई ४ महिना अघि मात्रै निवेदन पेश गर्दै पोखरेलबाट रकम उठाइदिन अनुरोध गरेको थियो । एनआरएनए आइसीसीका अध्यक्ष कुमार पन्त, एसिया प्यासिफिक संयोजक गोविन्द श्रेष्ठ र एनआरएन जापानका अध्यक्ष देवीलाल भण्डारीको नाममा बोधार्थ गरिएको निवेदनमा भनिएको छ–‘पोखरेल संचालक रहेको समिका कम्पनी लिमिटेडले ५ लाख ८ हजार येन केहि दिनका लागि उधारो लगेको तर अहिलेसम्म पैसा नतिरेको, फोन,एसएमएस तथा सम्पर्क गर्न खोज्दा नभेट्ने अनि भागीभागी हिडेको हुँदा उक्त कम्पनीका संचालक पारसमणी पोखरेलबाट उधारो रकम उठाउनका लागि सहयोग गर्न आग्रह गरिन्छ ।’
उक्त निवेदन उपर पनि अझसम्म एनआरएनले कुनै कार्वाही प्रकृया अगाडि बढाएको छैन । पोखरेललाई उल्टो संरक्षण गरिएको आभाष गैर आवासिय नेपालीले गर्दै आएका छन् । पोखरेलको काध थाप्दा एनआरएनएको साँख गिरेको छ ।
