Fast Nepal News

राजारामले गरे महावीरलाई एकलाख सहयोग

banner single news

काठमाडौं, जेठ २ –   कोरोनाभाइरस संक्रमण भयावह बन्दै गर्दा अस्पतालमा अक्सिजनको हाहाकार मच्चिएको छ । अक्सिजन नपाउँदा संक्रमितको मृत्यु भएको खबरहरु आइरहेका छन् । यस्तो विषम परिस्थितीमा अक्सिजनको जोहो गर्न कलाकार पनि खटिएका छन् ।दिनहुँ बढिरहेको अक्सिजन सिलिन्डर र अक्सिजनको समस्यालाई मध्यनजर गर्दै अभिनेता राजाराम पौडेलले समाजसेवी तथा राष्ट्रिय आविष्कार केन्द्रका संचालक महावीर पुनलाई एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।

डा. पुनलाई सम्पर्क गरी पौडेलले आफू पनि जनता बचाउने अभियानमा सहयोगी बन्ने भन्दै १ लाख रकम आविस्कार केन्द्रको बैंक खातामा जम्मा गरिदिएका हुन ।‘हाम्रो अन्नदाता भनेकै दर्शक हुन अनि यो बेलामा तिनै अन्नदाता भगवान जस्ता दर्शकको जीवन बचाउन महाविर पुनज्यूको टिमले अत्यन्त मिहिनेत गरेको देखेर मैले पनि उहाँलाई थोरै सहयोग गरेको हुँ’ पौडेलले भने ।

Inside Article Ads

पौडेलका अनुसार पछिल्लो हप्ता आफ्ना छोरा बुहारीमा कोरोना देखिएका कारण धेरै समस्या भोगेको भन्दै यो महोलमा सवै कलाकारहरुले फिल्डमा उत्रिएर सहयोग गरिरहेकासंघ संस्थालाई सकेको आर्थिक सहयोग गर्न अपिल पनि गरेका छन् ।अक्सिजन अभाव हुन थालेपछि अभिनेता पल शाह, निखिल उप्रेती, केदार घिमिरे, राज घिमिरे, निर्मल शर्मा, विजय लामासहितका कलाकारले पनि सहयोगी हात अघि बढाएका छन् ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.