Fast Nepal News

प्रधानमन्त्री ओलीको नयाँ मन्त्रिपरिषद्मा को–को बने मन्त्री ?

banner single news

काठमाडौं, ३१ वैशाख- प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेलगत्तै मन्त्रिपरिषद् गठन पनि टुंग्याएका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएर सपथ गराएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी तत्काल सरकारमा नआउने भएपछि पुरानै मन्त्रीहरूलाई यथास्थानमा सपथ गराएको बताइएको छ । जेठ १५ गतेका लागि बजेटको तयारी भइरहेको र सरकारमा सहभागी हुनेबारे जसपाभित्र छलफल चलिरहेकाले तत्काल पहिलेकै टीमलाई निरन्तरता दिइएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

कोको भए मन्त्री ?
ईश्वर पोखरेल, उप्रपधान तथा प्रधानमन्त्री कार्यालय
रामबहादुर थापा बादल, गृह
टोपबहादुर रायमाझी, उर्जा
विष्णु पौडेल, अर्थ
प्रदिप ज्ञवाली, परराष्ट्र
हृदयेश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्या
लेखराज भट्टर, उद्योग, बाणिज्य तथा आपूर्ति
कृष्णगोपाल श्रेष्ठ, शिक्षा
प्रभु साह, सहरी विकास
भानभुक्त ढकाल, पर्यटन
मणिचन्द्र थापा, खानेपानी
पद्मा अर्याल, कृषि
बसन्त नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात
गौरीशंकर चौधरी, श्रम, रोजगार
पार्वत गुरुङ, सञ्चार
शिवमाया तुम्बाहाम्फे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
लिलानाथ श्रेष्ठ, कानून
गणेशसिंह ठगुन्ना, संघीय मामिला तथा सामान्य प्रशासन
प्रेमबहादुर आले, वन
जुलीकुमारी महतो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
दावा लामा तामाङ, युवा तथा खेलकुद

राज्यमन्त्रीहरु

Inside Article Ads

नवराज राउत, स्वास्थ्य तथा जनसंख्या
रामवीर मानन्धर, सहरी विकास
विमला विक, उद्योग, बाणिज्य तथा आपूर्ति

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.