Fast Nepal News

काँग्रेसद्वारा अस्पताललाई ५० सिलिन्डर अक्सिजन सहयाेग

banner single news

काठमाडौं, वैशाख ३१ –  अन्य जिल्लामा जस्तै गुल्मीमा पनि अक्सिजन अभाव हुन थालिरहेको बेला नेपाली काँग्रेस गुल्मीले शुक्रबार जिल्ला अस्पताल तम्घासलाई ५० सिलिन्डर अक्सिजन प्रदान गरेको छ ।

सभापति भुवनप्रसाद श्रेष्ठले  अस्पतालका मेसु डाक्टर उत्तम पाच्यालाई शुक्रबार अक्सिजन हस्तान्तरण गरेका हुन् ।  अक्सिजनको अभाव भइरहेको बेला नेपाली कांग्रेस गुल्मीले ५० सिलिन्डर अक्सिजन दिएको प्रति डाक्टर पाच्याले धन्यवाद व्यक्त गरेका थिए ।

बिहीवार साँझ दुई जना संक्रमितलाई अक्सिजन अभाव भए पछि डाक्टर पाच्याले नेपाल पत्रकार महासंघ गुल्मीसँग अक्सिजन माग गरेका थिए । साँझ  पौने १० बजेको समयमा महासंघका अध्यक्ष टोपलाल अर्यालसहितका  पदाधिकारीहरुले यातायात ब्यवसायी किरण कुँवरको गाडी मगाएर अस्पतालमा पुर्याएर आएका थिए ।

Inside Article Ads

अक्सिजन अभाव हुन नदिन नेपाल पत्रकार महासंघ गुल्मीले अक्सिजन अभियान सञ्चालन गरेको छ । शुक्रबार विहानसम्म झण्डै १९ लाख संकलन भएको छ । ५ लाख रुपैयाँमा २० वटा सिलिन्डर अक्सिजन महासंघले खरिद गरि सकेको छ भने थप खरिद गर्ने प्रकृयामा छ ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.