Fast Nepal News

सरकारद्वारा आन्तरिक उडान अनिश्चितकालका लागि स्थगीत

banner single news

काठमाडौं, वैशाख ३१ –   सरकारले आन्तरिक उडान अनिश्चितकालका लागि स्थगीत गरेको छ ।यसअघि नियमित रुपमा हुने आन्तरिक उडान बैशाख मसान्तभरका लागि स्थगीत गरिएको उडान अनिश्चितकालका लागि स्थगीत भएको हो ।नपाल नागरिक उड्डयन प्राधिकरणले (क्यान) ले अर्काे सूचना जारी नहुँदा सम्मका लागि उडान स्थगीत भएको जनाएको छ । वैशाख २० गतेदेखि आन्तरिक उडान बन्द भएको थियो । नियमित उडान बन्द भएपछि उद्धार, चार्टर्ड लगायतका उडानहरुका लागि विशेष अनुमति दिदैँ आएको छ ।

यस्तै, वैशाख २३ गतेदेखि बन्द भएको अन्तराष्ट्रिय उडान भने जेठ १७ गतेसम्मका लागि स्थगीत भएको छ । अन्य गन्तव्यको उडान स्थगीत भएपनि एयर बबल अवधारण अन्तरगत भारतमा भने सातामा २ उडान हुँदै आएको छ ।

Inside Article Ads
Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.