
प्रकाश कपाली
आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिनुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिदै गर्दा संसदको विशेष अधिवेशन लाई सम्बोधन गर्नुभएको थियो।
प्रधानमन्त्रीले सम्बोधन गरेपछि प्रतिपक्ष दलका नेताहरुले पनि सम्बोधन गरेका थिए। सम्बोधन गर्नेक्रममा प्रतिपक्ष दलका नेताहरुले ओलीलाई विश्वासको मत लिइरहँदा विपक्षमा मतदान गर्ने भनाई रहेका थिए । नेपाली कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, राष्ट्रिय जनमोर्चा पार्टीका नेतृ एवं सांसद दुर्गा पौडेलले प्रतिनिधिसभाको विशेष अधिवेशनलाई सम्बोधन गरिरहँदा विश्वासको मतको विपक्षमा रहेको समेत बताएका थिए। आज प्रतिनिधिसभाको सदस्यले ओलीलाई दिइएको विश्वासको मत पक्ष, विपक्ष , तटस्थ गरी विश्वासको मत राखेका छन्।
आज प्रतिनिधिसभाको सभाको बैठकमा २३२ जना संसदहरु सहभागी भएका थिए।प्रधानमन्त्रीले लिनुभएको विश्वासको मतको पक्षमा ९४, अविश्वासको मतको पक्षमा १२४, न मत दिन्न भन्ने पक्षमा १५ मत खसेको छ।
