
ह्याम्स अस्पतालले कोरोना संक्रमितको उपचारमा स्वास्थ्य मन्त्रालयको स्वीकृति बमोजिम नै शुल्क लिएको बताएको छ।अस्पतालले बिज्ञप्ती जारी जारी गर्दै सो कुरा उल्लेख गरेको हो। क्याविनको हकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृत बमोजिम थप रकम लिन पाउने व्यवस्था अनुरुप वैज्ञानिक हिसाबले शुल्क तोकेको अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतीन्द्र शर्माले विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।
गुणस्तरीय तथा प्रभावकारी सेवा दिनुपर्ने र खर्च पनि उल्लेख्य वृद्धि भएकाले अस्पतालले क्याविनमा उपचार गराउनेहरुसँग बढी शुल्क लिनुपर्ने बाध्यता आइपरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
ह्याम्स अस्पतालले विभिन्न अस्पतालहरुले प्रदान गर्ने सेवाको वर्गीकरण गरी कुल बेडको ८० प्रतिशत कोभिड–१९ को संक्रमितको उपचारका लागि छुट्याएको पनि बताएका छन्।
