Fast Nepal News

मजदुर दिवशको उपलक्ष्यमा नेपाल निर्यात महासघले सहयोगको गर्यो घोषणा

banner single news

सन् २०२१ मे १ अर्थात १३२ औ अन्तराष्ट्रिय मजदुर दिवस । मजदुर जसले विश्व अर्थव्यवस्थालाई चलायमान राख्न प्रमुख भूमिका खेलेको हुन्छ । उत्पादनको एक मात्र चल साधन जसले उत्पादनका अन्य अचल साधनहरुबाट उपयोगीता सृजना गरि उत्पादनलाई उपयोग योग्य बनाउछ । जसको शारिरिक श्रमसँग पुरा विश्व आश्रित रहेको छ ।

निर्यात व्यवसायी महासंघ नेपाल मजदुरको भूमिका विना अपूर्ण छ, हाम्रो रचनात्मक सहयात्राले देशलाई संबृद्धि तर्फ डोर्याउँछ । तसर्थ संवृद्धिमा सुख बाँडौ, संकटमा जोखिमसँग मिलेर लडौं । यति वेला देश कोभिड १९ को महामारीका कारण आक्र्रान्त अवस्थामा रहेको छ ।

Inside Article Ads

संकटपूर्ण घडिको मजदुर र व्यवसायी मिलेर सामना गरौं । निर्यातजन्य उद्योगमा काम गर्नु हुने मजदुरको लागी यस संकटपुर्ण घडीमा कोभिडको महामारीका कारण सम्भावित खाद्य संकट तथा आवगमनको लागि अप्ठ्यारो परेमा हामी सहयोग गर्ने जनकारी गराउँछौ । निर्यात व्यवसायी महासंघ नेपाल श्रममा बिश्वास राख्ने र श्रम गरी खाने विश्वभरी छरिएर रहेका मजदुर एवं उद्यमीहरुमा मे दिवसको अवसरमा शुभकामना व्यक्त गर्दछ ।
अतिआवश्यक सहयोगको लागी
अमृत खड्का
महा–सचिव
९८५१०७१६०१

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.