Fast Nepal News

निर्यात व्यवसायी महासंघले अतिआवश्यक बस्तुको सुचीमा राख्न सरकारसग गर्यो आग्रह

banner single news

कोभिड १९ को दोस्रो लहर तीव्ररुपमा बढेसँगै नेपाल सरकारले आम जनताको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखी काठमाण्डौं लगायत मुलुकका बिभिन्न स्थानहरुमा निषेधाज्ञा जारी गरेको छ। कोभिड १९ ले निम्त्याएको असहज परिस्थिती प्रति निर्यात व्यवसायी महासंघ नेपाल अत्यन्त चिन्तित र संवेदनशिल रहेको बिज्ञप्ती जारी गरेको छ।अध्यक्ष मा.राम बहादुर गुरुङद्वारा हस्ताक्षरीत प्रेस बिज्ञप्तीमा परिस्थितीले निर्यात क्षेत्रका साथै भर्खरै लयमा आउनलागेको अर्थतन्त्रमा पुन संक्रमणको दर बढ्दै जाँदा त्यसको नकारात्मक असर पर्ने भएकाले सरकार, निजी क्षेत्र र आम जनता सबैको प्रमुख दायित्व भनेको कोभिड संक्रमणको चेन ब्रेक गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन हो पर्ने उल्लेख गरेको छ।
महासघले सरकारको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गदै निषेधाज्ञाको समयमा दैनिक ज्यालादारी गर्ने मजदुरहरुको रोजगारी नगुम्ने र आर्थिक गतिविधी संञ्चालन गने सहज वातावरण वनाउन आवश्यक रहेको समेत माग समेत गरेको छ।

Inside Article Ads
Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.