Fast Nepal News

होटलका बुकिङ धमाधम रद्द

banner single news

सौराहा – बैशाख ८

सौराहा, कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण बढ्न थालेसँगै चितवनको सौराहाका होटलमा गरिएका बुकिङ धमाधम रद्द हुन थालेका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले कोरोनाको कहरपछि आन्तरिक पर्यटकबाटै आत्मनिर्भर बन्न लागेको सौराहाका पर्यटकीय होटल दोस्रो लहरको सङ्क्रमणबाट प्रभावित हुन थालेको बताए ।

“कोरोनाले थला परेको पर्यटन व्यवसायमा आन्तरिक पर्यटकले राहत दिएकोे थियो अहिले यसको दोस्रो लहरको सङ्क्रमणसँगै होटलमा गरिएको बुकिङ रद्द हुन थाले”, उनले भने ।

Inside Article Ads

व्यवसायीहरूका अनुसार ११० होटलमा छ हजार पाँच सय बेड रहेको सौराहामा दुई महिनायता ४० प्रतिशतभन्दा बढी अकुपेन्सी थियो । यो अकुपेन्सी सौराहाको सामान्य अवस्थाको अकुपेन्सी हो ।गोरखापत्र दैनिकबाट

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.