Fast Nepal News

कोरोना ‘हटस्पट’ बन्दै लुम्बिनी

banner single news

बुटवल नेपालगन्ज – बैशाख ८

बुटवल नेपालगन्ज, लुम्बिनी प्रदेश कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ बन्न थालेको छ। भारतबाट भित्रिनेको संख्या बढेसंगै यहाँका तीन जिल्लामा संक्रमितको संख्या उच्च दरमा बढेको हो। बाँके, रूपन्देही र दाङमा संक्रमित एक सातामै पाँच गुणाले बढेका छन्। यो अवधिमा कोरोना विशेष अस्पतालका बेड भरिएका छन्। पाँच अस्पतालमा १ सय १० जना आईसीयू र भेन्टिलेटरमा उपचाररत छन्। यीमध्ये भेन्टिलेटरमा रहेकाको संख्या ११ छ।

यो प्रदेशमा मंगलबार ५ सय ४१ जनामा कोरोना संक्रमण देखिएको छ। सोमबार ४ सय ६६ जना संक्रमित थपिएका थिए। तीमध्ये ३ सय ४२ जना बाँकेका मात्रै हुन्। दाङमा ५६ र रूपन्देहीमा ३७ संक्रमित थपिए। बाँकेमा कोरोना परीक्षण गरिएकामध्ये ५५ प्रतिशतभन्दा धेरैमा संक्रमण देखिएको छ।

Inside Article Ads

प्रदेशमा चैत २६ गते ५० जना संक्रमित थपिएका थिए। त्यसको १० दिनपछि वैशाख ६ गते ४ सय ६६ जना संक्रमित थपिए। गत वर्ष वैशाखदेखि यहाँ संक्रमण उच्च दरमा बढेको थियो। चैतसम्म आउँदा संक्रमण कम बिन्दुमा झरी महिनाभर जम्मा ७ सय ३२ जना संक्रमित भएका थिए। कोरोना संक्रमणबाट सोमबार पाँच जनाको ज्यान गएको छ।

सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलले प्रदेशमा कोरोना संक्रमणदर ५३।२६ प्रतिशत रहेको बताए। परीक्षण गर्न आउनेमध्ये आधाभन्दा धेरैमा कोरोना देखिएको डा। पौडेलले सुनाए। भेरी अस्पतालमा लक्षणसहितका ४८ जना उपचार गराइरहेका छन्। आईसीयूमा ३२ र भेन्टिलेटरमा ६ जनाको उपचार भइरहेको छ। नेपालगन्ज मेडिकल कलेजले आईसीयूमा २२ जनाको उपचार गरिरहेको छ। नागरिक दैनिकबाट

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.