Fast Nepal News

पर्यटन व्यवसायी तामाङ को ट्रेकिङका सम्झनाहरु” विमाेचन

banner single news

काठमाडौं ।पर्यटन व्यवसायी तथा समाजसेवी रत्न कुमार तामाङ (रामकुमार)को करीब पाँच दशक लामाे पर्यटन क्षेत्रकाे अनुभव समेटिएको पुस्तक “ट्रेकिङका सम्झनाहरु” विमाेचन गरिएको छ ।


शुक्रबार तामाङ सेवा केन्द्र नेपालको आयोजना तामाङ सेवा केन्द्र नेपालको सभाहलमा केन्द्र अध्यक्ष अम्बर बम्जन तामाङको सभापतित्व तथा पुर्ब कानून मन्त्री तथा संघीय सांसद शेर बहादुर तामाङको प्रमुख आतिथ्यमा पुस्तकको बिमोचन भब्य सभ्य तरिकाले सम्पन्न भयो ।

मणि तामाङले सम्पादन गरेका बिमोचन पुस्तकलाई लेखक तामाङले दुई खण्डमा बिभाजन गरेका छन।पहिलो खण्डमा जीवनका भोगाइ आफुलाई नजिक बाट चिन्न जिवनका भोगाइहरूबाट केहि जान्न यो पुस्तक उपयोगी हुने छ।दोस्रो खण्डमा हिमालय क्षेत्रको पदयात्रामा करीब पाँच दशक लामाे तीतामीठाअनुभव समेटिएको छ।

Inside Article Ads

कार्यक्रममा बिमोचीत पुस्तकबारेमा अतिथिहरूले पुस्तकले दिन खोजेको संदेशका बिषयमा पदयात्रा पर्यटनको प्रवद्र्धनका साथै पदयात्रा सामग्रीको चिनारी सम्बन्धमा महत्वपूर्ण उपलब्धि हासिल हुने धारणा राखदै लेखक रत्न कुमार तामाङलाई बधाई,सफलताको शुभकामना दिदै पुस्तकको बिशेश चर्चा गरे ।

कार्यक्रममा पर्यटन संघसंस्थाका प्रमुखहरू व्यवसायी,तामाङ सेवा केन्द्र नेपाल पदाधिकारी लगायतको दर्जनौ अतिथि हरूको सहभागिता रहेको थियो ।

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.