Fast Nepal News

सेफ बुढाथोकी लाई बिशेश सम्मान प्रदान

banner single news

काठमाडौं ।सोल्टी क्राउन प्लाजा होटलका सुसेफ आर बि बुढाथोकी उत्कृष्ट कुलिनर राइटर अन्तर्गत पुर्‍याएवापत उनलाई बिशेश सम्मान प्रदान गरिएको छ ।
बुधबार ग्यास्ट्रोनोमि टुरिजम एशोसियसन अफ नेपालले वुक्षालय रिसोर्टमा आयोजित कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका ११का वडा अध्यक्ष राजु अधिकारी ले बुढाथोकीलाई सो सम्मान प्रदान गरेका हुन् ।
कार्यक्रममा बुढाथोकी सहित विश्व नेप्लिज सेफ सोसाइटीका संरक्षक सुर्य किरण श्रेष्ठ र ग्लोबल नेप्लिज सेफ फेडरेशनका कार्यकारी प्रमुख लक्ष्मण प्रसाद भण्डारी पनि सम्मानित भएका छन।
बुढाथोकीले सन २००२ बाट किचनमा आफ्नो क्यरिएर शुरु गर्नु भएको थियो र स्वदेशी तथा बिदेशी गरी दर्जनौ पाचतारे होटलमा एक जिम्बेवार पदमा रहेर काम गरीरहेका छन । बिगत ४ बर्षदेखी सोल्टी क्राउन प्लाजा होटलमा सुसेफको रुपमा काम गारेका बुढाथोकी त्रिसरा,अरिकल इभेन्टमा र ब्रिक्समा कर्पोरेट सेफका रुपमा कार्य गरीसक्नु भएको छ । फुर्सतको समयलाई सदउपयोग गर्दै सन्तुलित आहार बिषयमा कलम चलाऊदै आएका बुढाथोकीका कुक बुक पाच पुस्तक प्रकाशउन्पुख छन ।नेपालका सरकारी होटल म्यनेजमेन्टका कलेजमा जापानिज पाककलाका प्रशिक्षक समेत रहेका बुढाथोकी बिभिन्न पत्र पत्रीका तथा अन लाइनमा दैनिक र साप्ताहिक रुपमा पाककला र सन्तुलित आहारका बिषयमा लेख्दै आएका छन ।

को हुन बुढाथोकी

Inside Article Ads

रामेछाप जिल्लाको साबिक खाडदेबी गाउ पालिका वार्ड न ६ मा पिता लाल बहादुर बुढाथोकी र माता पम्फा देबी बुढाथोकीको कोखबाट बि स २०३५ साल चैत्र १२ गते जन्मनु भएका उनको बाल्यकाल दु:खद थियो । सानै उमेरमा आमाको स्वर्गबासका कारण बुवा र दाजु भाईको रहोबरमा हुर्केका हुन । घरमा चार दाजु भाई सबै सेफ पेशामा भएका कारण पत्रकारीता पढ्दा पढढै होटल मेनेजमेन्टमा डिप्लोमा गरेर सन २००२ मा सेफ पेशामा होमिएका थिए । बिदेशी भुमिमा धेरै समय बिताएर नेपाल फर्केका उनले नेपाली खानाको उथ्थान र बिकासका लागि निरन्तर खोज तथा अनुसन्धान गरीरहेका छन । नेपाली खानालाई बिस्वसामु चिनाउन हाम्रो खानामा धेरै गृह कार्य गर्नु पर्छ भनी लागि परेका छन । १९ बर्षको बिदेशी तथा स्वदेशी भुमिमा काम गर्दाको अनुभबलाई संघालेर भाबी नेपाली सेफहरुलाई पनि नेपाली खानाको समय मै उचित शिक्षा दिन जरुरी सम्झेर दिनानु दिन सिप रुपान्त्रण गर्ने कार्यमा लागि पर्नु भएको छ । हाम्रो कुजिन र कल्चर साथ साथ लानु पर्ने भन्ने कुरामा बिगत लामो समय देखि आबाज उठाउदै आउनु भएको छ । होटल ब्यबस्था पन बिषयमा कलेज तथा इन्च्युटहरु प्रसस्त खुलेका तर स्तरीय जनशक्ती उत्पादन हुन नसकेका कारण दु:ख मान्नु हुन्छ । होटल ब्यबस्थापनको जर्नल बिषयमा मास्टर गरी रहेका बुढाथोकी भोलिका दिनमा यसै बिषयमा कलम चलाई रहने प्रतिबधता ब्यक्त गर्नु हुन्छ ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.