Fast Nepal News

युवा गजलकार नवराज पौडेलको पहिलो गजल सङ्ग्रह ´छ्हारी` शनिवार लाेकार्पण

banner single news

समीर नेपाल
काठमाडौं २१ चैत
युवा गजलकार नवराज पौडेलको पहिलो गजल सङ्ग्रह ´छ्हारी` शनिवार लाेकार्पण गरिएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानमा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, प्रतिष्ठानका प्राज्ञ सदस्य शशि लुमुम्वु, गजलकार तथा आख्यानकार जितेन्द्र रसिक, त्रिपुरा पौडेल सर्जक रमेश पौडेल लगायतले सङ्ग्रहको लोकार्पण गरिएको हो ।

कार्यक्रममा बोल्नुहँदै वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले छहारी गजल सङ्ग्रह सार्वजनिक गरेर गजलको समुन्द्रमा पाइला हालेका नवराज पौडेललाई गजल क्षेत्रको चुनौती सामान गर्दै अघि बढ्न तयार हुन आग्रह गर्नुभयो । गजल क्षेत्र फराकिलो बन्दै गएको र अब गजलको संरचनागत बहस सकिसकेकाले अबको गजल सृजनामा गुणात्मकतामा ध्यान दिनु जरुरी रहेको बताउनु भयो ।

त्यस्तै प्राज्ञ सदस्य शशि लुमुम्बुले गजलकार पौडेलको आगमनलाईं स्वागत गर्दै अबका दिनमा नेपाली गजल क्षेत्रमा युवा गजलकारहरुको भूमिका ससक्त हुनुपर्नेतर्फ औंल्याउनु भयो । गजलकार तथा आख्यानकार जितेन्द्र रसिकले गजलको छहारीमा ओत लाग्न आइपुगेका नवराज पौडेललाई अब गजलमालीहरुले संरक्षण गर्दै अगाडीको बाटो फराकिलो बनाउन अघिल्लो पुष्ताका गजलकारहरुको कर्तव्य रहने बताउनु भयो । त्यस्तै समालोचक केशव दंगालले गजलको क्षेत्र कठिन रहेकाले अब गजलमा आउने नयाँ सर्जकहरुले आफुलाई गजलकारकै रुपमा उभ्याउने क्षमता तयार गरेर आउनु पर्ने बताउनु भयो ।

कवि तथा सञ्चारकमीृ संचारकर्मी रमेश पौडेलले छहारी गजल सङ्ग्रह विगत १ वर्ष अगाडी नै तयार भएको भए पनि कोरोना भाइरसका कारण एक वर्षपछिमात्र बजारमा आउन सफल भएको बताउनु भयो । सङ्ग्रहको आवरण कला समेत सर्जक रमेश पौडेलकै रहेको छ ।

Inside Article Ads

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै लेखक पौडेलले आफू भिन्न प्रकृतिको पेशामा लागेर देश र जनताको सेवामा आवद्ध भएता पनि मैले मेरो रुचि लाई मारेको छैन मैले बिगत केहि बर्ष देखि लेखेको मेरा भावरुपि रचनालाई यस छहारी गजल सङ्ग्रह मार्फत तपाईं सम्पुर्ण पाठक सामु लिएर आएको छु। यो गजल संग्रह मेरो पहिलो प्रयास भएको र अगामी दिनमा पनि बन्दुक बोकेर रास्ट्रको सेवामा मात्र नभई कलम चलाएर तपाईहरु सामु छिटै अर्को कृति लिएर आउने बाचा गर्छु भन्ने धारणा राखेका थिए।

गजल संग्रहको मूल्य रु २ सय रुपैयाँ रहेको छ । ८१ वटा गजलहरुको सङ्ग्रह छहारीका लेखक स्वयमले प्रकाशनमा ल्याएका छन् । गजल सङ्ग्रह छहारीलाई थानेश्वर पौडेलले प्रकाशन गरेका हुन् । छहारी गजल सङ्ग्रह आवरण सहित ९६ पृष्ठमा रहेको छ । गजलकार पाैडेल पाल्पा रामपुर नगरपालिका गण्डकी ढिकका हुन् । पाैडेल हाल नेपाल प्रहरी सेवा अन्तर्गत गृह मन्त्रालयमा कार्यरत छन्।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.