Fast Nepal News

पत्रकार हकहितको लागि एशोसियटतर्फ भट्टराईले दिए उम्मेदवारी।

banner single news

 

आसन्न नेपाल पत्रकार महासंघको २६औ अधिबेशनमा एसोसियट तर्फबाट केन्द्रिय सदस्य पदका लागी कृती भट्टराईले मनोनयन दर्ता गर्नु भएको छ।रंगमन्चबाट उदाएकी भट्टराईले बिगत दुई दशक देखि निरन्तर व्यावसायिक पत्रकारितामा आफ्नो छुट्टै पहिचान बनाइसकेकी छिन्।

पत्रकारिता रेडियो हुँदै टेलिभिजनसम्म आईपुगेकि छिन।संचारिका समुहमा रहेर पत्रकारिता पेशामा कृयाशिल श्रमजिबी पत्रकारहरुको समस्यालाई बुलन्द आवाज उठाउदै आएकी एक जुझारु महिला पत्रकार हुन।जनता टेलिभिजनमा आवद्ध भट्टराईले आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा एभरेस्ट प्रेस क्लब मार्फत निर्वाचनमा होमिएकी छिन।पेशागत रुपमा प्रतिबद्ध एक जुझारु नारी शक्तीको रुपमा लिएको एभरेस्ट प्रेस क्लबका अध्यक्ष शिव खड्का बताउनु भयो।पत्रकार हकहित र साझा समस्याको समाधानमा उनले प्रभावकारी भूमिका खेल्न सक्ने बुझाई रहेको अध्यक्ष खडकाले आफ्नो धारण राख्नु भयो।

Inside Article Ads

पत्रकारिकाको मूल धर्म निर्वाह गर्दै समाजलाई सकारात्मक दिशामा डोर्‍याउने कर्तब्यबाट कहिले च्युत नहुने र श्रमजीवी पत्रकारको हकहितको लागि सदैव लागि पर्ने वचनबद्ता उम्मेदवार एब संचारकर्मी कृति भट्टराईले व्यक्त गरिन।जीवनको ऊर्जाशील समय खर्चिएको सञ्चार क्षेत्रलाई दिएको हुनाले यसको वृद्धिविकासका लागि कृतिले महासंघमा उम्मेदवारी दिएकी हुन् ।

Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.