Fast Nepal News

व्यक्तिगत १० लाख खर्च गरेर पोखरेलले बनाए मन्दिर र बाटो

banner single news

गोरखा । हामी साना तिना काम गर्नका लागि सरकारको बाटो हेर्छौ । आफ्नै घर अगाडीको बाटो भत्किएपनि सरकारले बनाउनु पर्छ भन्ने मान्यता हामीमा रहेको छ भत्किएको ठाउँमा खाल्टो पुर्ने साधारण काम पनि हामी गर्दैनौं ।
तर कतिपय यस्ता व्यक्तिहरु पनि छन्, जो व्यक्तिगत लगानीमा सामाजिक हितका काम गर्नपछि पर्दैनन् । भीमसेन थापा गाउँपालिका ४ धावाका युवराज पोखेरललाई एक उदारणीय पात्रको रुपमा लिन सकिन्छ । उनले हालसम्म झण्डै १० लाख खर्चेर गाउँलेका लागि मन्दिर निर्माण गरिदिएका छन् । हाल काठमाडौमा बस्दै आएका उनले उक्त मन्दिरसम्म जाने करिब एक किलोमिटर सडक पनि आफ्नै खर्चमा खनिदिएका छन् ।
‘हाम्रो गाउँमा मन्दिर नहुँदा तिजको ब्रत बसेका चेलिबेटीहरु दर्शनका लागि टाढा जानुपर्ने, अन्य चाडपर्वमा पनि पुजा गर्न नपाइने अबस्था थियो,’ उनले भने, ‘गाउँमै एउटा मन्दिर मनाउन पाएँ हुन्थ्यो भन्ने मनमा लागि रहेको थियो । मैले सानैमा बरपिपल सारेर चौतारो पनि लगाएको थिएँ । २०५१ सालमा त्यही चौताराको आडमा एउटा शिवालय निर्माण गरिदिएँ ।’
तत्कालिन समयमा करिब ३ लाख लगानीमा शिवालय र बिश्राम पार्टी समेत निर्माण गरिएको थियो । उनले चौताराको पचिष्टा पनि सोही समयमा गरिदिए । तर २०७२ सालको विनाशकारी भूकम्पले मन्दिर र पाटीमा क्षति पुगेपछि पोखरेलकै पहलमा अहिले पुर्ननिर्माण गरिएको छ ।
उक्त मन्दिर र बाटो निर्माण भएपछि खेतबारी, धारा तथा आसपासका गाउँ र वडाहरुमा आउजाउ गर्न समेत सहज भएको स्थानीय बताउछन् । ‘उहाँले हामी गाउँलेलाई मायाँ गरेर व्यक्तिगत रुपमा यत्रो लगानी गरेर पुण्य काम गर्नु भएको छ । हामी निकै खुसि छौं,’ स्थानीय खिलनाथ पोखरेलले भने ,‘आउँदा दिनमा पनि उहाँको यस्तै महान् कार्य गर्नु हुनेछ भन्ने हाम्रो अपेक्षा छ ।’

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.