Fast Nepal News

वायु प्रदूषणमा सुधार तर अझै अस्वस्थकर

banner single news

काठमाडौं – चैत २०

काठमाडौं, झन्डै १ साता धुवाँ र धुलोको तुवालोले ढाकिएको राजधानीले बुधबारको वर्षासँगै केही राहत पाएकोछ। जनस्वास्थ्यका लागि ‘घातक’ मानिने स्तरमा उक्लेको प्रदूषणको पारो घटेको छ। तर पनि वायु प्रदूषण ‘अस्वस्थकर’ तहमै रहेको छ। राजधानीको भैंसेपाटीमा गत साता वायु प्रदूषण सूचकांक (अक्वा) ४ सय माथि उक्लेकोमा बिहीबार दिउँसो राजधानीका विभिन्न स्थानमा जडान गरिएका अधिकांश वायु प्रदूषण मापक स्टेसनले काठमाडौंको वायुको गुणस्तर ९एक्वा० १६०को हाराहारीमा झरेको देखाए।

वायु प्रदूषणको मात्रा नाप्ने इन्डेकस (अक्वा) १५० अंकदेखि २०० सम्म रहेको अवस्थालाई जनस्वास्थमा पर्ने प्रभावका हिसाबले अस्वस्थकर मानिन्छ । एक्वा मापन गर्दा पिएम २.५, पिएम १०, सतही ओजनको अवस्था, कार्बन मोनोअक्साइड, सल्फर डाइअक्साइड र नाइट्रोजन डाइअक्साइड जस्ता प्रदूषणका कारक तत्वको मापन गरिन्छ । प्रदूषण मापन गर्दा प्रति घनमिटर वायुमा २.५ माक्रोमिटर तथा सो भन्दा सानो व्यास भएका सुक्ष्म कणलाई पिएम २।५ रूपमा मापन गरिन्छ भने प्रतिघनमिटर वायुमा १० माइक्रोमिटरभन्दा व्यास भएका कणहरूलाई पीएम १० को रुपमा नापिन्छ।

Inside Article Ads

बुधबार साँझ परेको पानीले वायुमण्डलमा रहेका घातक प्रदूषणका कणहरूलाई केही हदसम्म सफा गरेका कारण राजधानीले तुलनात्मक हिसाबले राहत पाएको हो। बुधबार राजधानीमा ९.८ मिलिमिटर वर्षा भएको थियो। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार तुवालोका कारण गत शुक्रबार वायुमण्डलको पारदर्शिता ९भिजिविलिटी० को मात्रा १ किलोमिटर रहेकोमा बिहीबार बढेर ७ किलोमिटर पुगेको छ । कमजोर भिजिविलिटीका कारण आन्तरिक हवाई उडानसमेत प्रभावित भएका थिए। नागरिक दैनिकबाट

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.