Fast Nepal News

कम्युनिस्ट एकता जोगाउन बृहत् गठबन्धन हुन्छः नेता नेपाल

banner single news

काठमाडौं – चैत २०

काठमाडौं, एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते केन्द्रीय समितिका नाममा गरेका एकपक्षीय निर्णय फिर्ता लिए आफूहरू विगतका सबै कुरा बिर्सन तयार रहेको बताएका छन्। पोखरामा बिहीबार कास्की जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै नेता नेपालले बालुवाटारमा फागुन २८ मा बसेको बैठक विधानविपरीत भएको दाबी पनि गरे।

‘त्यो बैठक अवैधानिक थियो भनेर स्विकार्नु पर्‍यो,’ नेता नेपालले भने, ‘त्यो निर्णय खारेज गरी सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाअनुसार २०७५ जेठ २ को अवस्थामा उनी ९ओली० फर्किन्छन् भने हामी पनि नयाँ ढंगले जान तयार छौं, पुराना कुरा बिर्सन तयार छौं।’ तर यो कुरा मान्न ओली तयार हुन्छन् जस्तो आफूलाई नलागेको नेता नेपालले बताए।

नेता नेपालले ओलीले अहिले आफूलाई असुरक्षित महसुस गरिरहेको र त्यसको कारण प्रधानमन्त्री र पार्टी अध्यक्ष पद गुम्छ कि भन्ने रहेको बताए। उनले भने, ‘ओलीलाई अहिले देश र जनताको चिन्ता छैन, केवल आफ्नो अध्यक्ष र प्रधानमन्त्री पद जान्छ कि भन्ने चिन्तामात्र छ।’

Inside Article Ads

नेता नेपालले ओली जाली नम्बर १ भएको टिप्पणी पनि गरे। ओलीले फागुन २८ गतेको बैठकमा आफूहरूलाई बोलाएको भनेर जाली कुरा गरेको नेपालको आरोप छ। नेपालले ओलीको पछाडि लाग्ने उनैबाट प्रशिक्षित मात्र भएकाले सही सुझाव दिनेहरूको अभाव रहेको बताए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले ओली अहिले पार्टी भत्काउन लागिपरेको आरोप पनि लगाए। त्यही भएर उनले विधि, विधान मिचेको बताउँदै नेपालले भने, ‘उनलाई कम्युनिस्ट पार्टी बनाउनु छैन। उनी कम्युनिस्ट पार्टीलाई ओली कम्पनीको रूपमा, सानो गुटको रूपमा चलाउन चाहन्छन्।’ तर आफूहरूले पार्टी सिध्याउन नदिने नेपालले बताए। उनले कम्युनिस्ट एकता जोगाउन पुष्पकमल दाहाल, मोहन वैद्य, मोहनविक्रम सिंहलगायतसँग बृहत् गठबन्धन गरेर अगाडि बढ्ने बताए। उनले ओलीलाई कम्युनिस्ट नभई अर्कै पार्टी बनाउन पनि सुझाव दिए। नागरिक दैनिकबाट

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.