Fast Nepal News

प्रधानमन्त्री रोजगार कार्यक्रम असफल

banner single news

काठमाडौं – चैत २०

काठमाडौं, प्रधानमन्त्री रोजगार कार्यक्रम असफल भएको छ । स्थानीय तहले रोजगार सिर्जना गर्न नसक्दा कार्यक्रम असफल भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) कारण २ सय ६ वटा स्थानीय तहले रोजगारी सिर्जना गर्न सकेनन् ।

मन्त्रालयले उक्त आयोजना कार्यान्वयन गर्न ७ सय १ स्थानीय तहमा अनुदान पठाएको थियो । त्यसमध्ये ४ सय ९५ स्थानीय तहले मात्रै रोजगारी सिर्जना गर्न सकेका छन् ।

Inside Article Ads

सरकारले ७ सय ५३ वटै स्थानीय तहबाट रोजगारी सिर्जना गर्ने गरी कार्यक्रम ल्याएको हो ।

स्थानीय तहले १ लाख ५ हजार ३ सय ६५ जनालाई औसतमा १६ दिन रोजगारी दिएका छन् । ६० हजार जनालाई सय दिने रोजगारी दिने लक्ष्य राखिए पनि थोरै दिन धेरै जनाले रोजगारी पाएका हुन् । बेरोजगार सूचीमा ३ लाख ७० हजार ७ सय ३४ जना सूचीकृत थिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.