
चैत १८,बेसीशहर ।
सुमित्रा भुजेल
स्वास्थ्य कार्यलय लमजुङले हात्तीपाईले रोग निवरण कार्यक्रम अन्तर्गत हात्ती पाईले रोग विरुद्ध औषधी खुवाउने अभियान २०७७ को लागि पत्रकार पत्रकार अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ
हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने प्रकृया तथा तयारीका बारेमा आवश्यक छलफल तथा जानकारी गराउन कार्यक्रम गरेको हो ।

कार्यक्रममा स्वास्थ्य कार्यलय लमजुङका प्रमुख अमर दवाडीले उपस्थितिलाई स्वागत गर्दै कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो । उहाँले स्वास्थ्य कार्यलयले १२ औ चरण अन्तर्गत औषधी खुवाउने तयारी भईरहेको बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यलयका खोप अधिकृत यम बरालले संविधान २०७२ धारा ३५ मा स्वास्थ्यको हक,आधारभूत स्वास्थ्य सेवाको अधिकार, लगायतका बारेमा जानकारी गराउनुभएको थियो । हात्तीपाईले रोग क्युलेक्स जातको पोथी लामखुटेको टोकाईबाट सर्ने भएकाले आफ्नो घर आगनमा पानी जम्ने खाल्डाहरु पुर्नुपर्ने बताउनुभयो । नेपालमा ६३ जिल्लामा यो रोग फैलिएको छ । १०० मध्ये १३ जनामा यो रोगको सम्भवना रहेको बताउुनभयो । हाल २ करोड ५० लाख जनसंख्या संक्रमित रहेका छन् । गण्डकी प्रदेश अन्तर्गतका बाग्लुङ, पर्वत लमजुङमा यो रोगको जोखीम बढी रहेको बताउनुभयो । नेपालका ५१ जिल्लामा रोगको निवरण भईसकेको छ । जिल्लाका ३० प्रतिशतले औषधी नखाएको र तिनिहरुले ७० प्रतिशतमा रोग सारीरहेको बताउनुभयो ।
चैत २० गते १ लाख ५९ हजार ८ सय ७८ जनालाई औषधी खुवाउने लक्ष्य राखिएको छ । कार्यक्रम पत्रकार महासंघ लमजुङका अध्यक्ष आश गुरुङको अध्यक्षतामा गरिएको थियो । कार्यक्रममा जिल्लाका सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
