Fast Nepal News

बरिस्ट सेफ आर.बि.बुढाथोकी सम्मानित

banner single news

सोल्टी क्राउन प्लाजा होटलका सुसेफ आर बि बुढाथोकी यो बर्षको उत्कृष्ट कुलिनर राइटर अन्तर्गत आज एक भब्य समारोह बिच सम्मानित हुनु भएको छ । ग्लोबल नेपालीज सेफ फेडरेसनले हरेक बर्ष आयोजना गर्दै आएको यो अवार्ड समाहरोह कोरना महामारीका कारण २०२० मा हुन सकेको थिएन । आज भएको सम्मान कार्यक्रममा नेपाल अधिराज्य भरका र नेपाल बाहिरका सयौ नेपाली सेफहरुको उपस्थिती थियो । बिबिस मास्टर सेफका रनर अप सेफ सन्तोष शाहको बिशेष उपस्थितमा कुलिनरी कम्पिटिसन कार्यक्रम पनि आयोजना गरिएको थियो । ठमेलको अलफ्ट होटलमा उपस्थित सम्पूर्ण जुनियर र सिनियर सम्पूर्ण सेफहरुले खुलेर बुढाथोकीको प्रसम्सा गरेका थिए ।
बुढाथोकीले सन २००२ बाट किचनमा आफ्नो क्यरिएर शुरु गर्नु भएको थियो र स्वदेशी तथा बिदेशी गरी दर्जनौ पाचतारे होटलमा एक जिम्बेवार पदमा रहेर काम गरीरहेका छन । बिगत ४ बर्षदेखी सोल्टी क्राउन प्लाजा होटलमा सुसेफको रुपमा काम गारेका बुढाथोकी त्रिसरा,अरिकल इभेन्टमा र ब्रिक्समा कर्पोरेट सेफका रुपमा कार्य गरीसक्नु भएको छ । फुर्सतको समयलाई सदउपयोग गर्दै सन्तुलित आहार बिषयमा कलम चलाऊदै आएका बुढाथोकीका कुक बुक पाच पुस्तक प्रकाशउन्पुख छन ।नेपालका सरकारी होटल म्यनेजमेन्टका कलेजमा जापानिज पाककलाका प्रशिक्षक समेत रहेका बुढाथोकी बिभिन्न पत्र पत्रीका तथा अन लाइनमा दैनिक र साप्ताहिक रुपमा पाककला र सन्तुलित आहारका बिषयमा लेख्दै आएका छन ।
को हुन बुढाथोकी
रामेछाप जिल्लाको साबिक खाडदेबी गाउ पालिका वार्ड न ६ मा पिता लाल बहादुर बुढाथोकी र माता पम्फा देबी बुढाथोकीको कोखबाट बि स २०३५ साल चैत्र १२ गते जन्मनु भएका उनको बाल्यकाल दु:खद थियो । सानै उमेरमा आमाको स्वर्गबासका कारण बुवा र दाजु भाईको रहोबरमा हुर्केका हुन । घरमा चार दाजु भाई सबै सेफ पेशामा भएका कारण पत्रकारीता पढ्दा पढढै होटल मेनेजमेन्टमा डिप्लोमा गरेर सन २००२ मा सेफ पेशामा होमिएका थिए । बिदेशी भुमिमा धेरै समय बिताएर नेपाल फर्केका उनले नेपाली खानाको उथ्थान र बिकासका लागि निरन्तर खोज तथा अनुसन्धान गरीरहेका छन । नेपाली खानालाई बिस्वसामु चिनाउन हाम्रो खानामा धेरै गृह कार्य गर्नु पर्छ भनी लागि परेका छन । १९ बर्षको बिदेशी तथा स्वदेशी भुमिमा काम गर्दाको अनुभबलाई संघालेर भाबी नेपाली सेफहरुलाई पनि नेपाली खानाको समय मै उचित शिक्षा दिन जरुरी सम्झेर दिनानु दिन सिप रुपान्त्रण गर्ने कार्यमा लागि पर्नु भएको छ । हाम्रो कुजिन र कल्चर साथ साथ लानु पर्ने भन्ने कुरामा बिगत लामो समय देखि आबाज उठाउदै आउनु भएको छ । होटल ब्यबस्था पन बिषयमा कलेज तथा इन्च्युटहरु प्रसस्त खुलेका तर स्तरीय जनशक्ती उत्पादन हुन नसकेका कारण दु:ख मान्नु हुन्छ । होटल ब्यबस्थापनको जर्नल बिषयमा मास्टर गरी रहेका बुढाथोकी भोलिका दिनमा यसै बिषयमा कलम चलाई रहने प्रतिबधता ब्यक्त गर्नु हुन्छ ।

Inside Article Ads
Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.