Fast Nepal News

नेप्लिज ग्यास्ट्रोनोमी सेफ कम्पिटिशन फाइनल तथा सेफ अवार्ड हुदै

banner single news

 

 

काठमाडौं, ९ चैत – ग्लोबल नेप्लिज सेफ फेडेरेशन र अन्तर्राष्ट्रिय नेप्लिज सेफ्स सोसाइटी युकेको संयुक्त आयोजनामा अलोफ्ट होटलको प्रस्तुतिमा नेप्लिज ग्यास्ट्रोनोमी सेफ कम्पिटिशन-२०२१ साथै कुलिनरी क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न सेफहरुलाई विभिन्न ८ बिधा अन्तर्गत अवार्डबाट बिभुषित गरिदै छ।

आजको यस कार्यक्रमले नेपाली खानाको विकाश र विस्तारका साथै गुणस्तरीय बनाउन सहयोग पुग्ने ग्लोबल नेप्लिज सेफ फेडरेशनका कार्यकारी प्रमुख लक्ष्मण प्रसाद भण्डारीले बताए ।
अलोफ्ट होटल काठमाडौको प्रायोजनमा सेन्चुरी मसलासँगको सहकार्यमा हुने प्रतिष्पर्धामा विशेष गरी नेपाली खाना र त्यसको प्लेटिङ्गमा फोकस हुने छ । प्रतिपर्धामा पहिलो हुनेले ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपिँया पाउने छन् ।

Inside Article Ads

बिबिसी मास्टर सेफका उपबिजेता सन्तोष शाह र अल्फोट होटलका जिएम बिक्रम सिंघ निर्णायकका रुपमा रहेका छन् । प्रतिष्पर्धा र अवार्डलाई सेन्चुरी मसला,बाबा तेल,अउरा सेफ, टुरिजम बोर्ड, गेट कलेज,रिट्ज कलेज,आइसिएचएम कलेज, मार्कोपोलो रेस्टुरेन्ट तथा विभिन्न सघ संंस्थाहरुले साथ दिएको भण्डारीले जनाए ।

आजको यस कार्यक्रम टिभी टुडेबाट प्रत्यक्ष प्रसारण गरिने आयोजक ले जानकारी गराएका छन।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.