
चैत्र ८, २०७७ नख्खु, ललितपुर
नेपाल मेडिसिटी अस्पताल र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच आइतबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा दिृपक्षिय सम्झौता भएको छ । खेलाडिहरुको स्वास्थ्यलाई ध्यानमा राखी दक्ष चिकित्सक, फिजियोथेरापिष्ट, र उच्चस्तरीय उपकरण सहितको स्पोर्टस् मेडिसिन सेवा प्रदान गर्न नेपाल मेडिसिटी अस्पतालले नेपाली फुटबलको नियामक निकाय एन्फासंग सम्झौता गरेको हो ।
यस सम्झौता अनुसार नेपाल मेडिसिटी अस्पतालले एन्फासंगको सहकार्यमा खेलाडिहरुको सुःस्वास्थ्य, तथा आरोग्यमा विशेष ध्यान पु¥याई उनीहरुलाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलका लागि अब्बल बनाउने अभियानमा नेपाल मेडिसिटी अस्पतालको स्पोर्टस् मेडिसिन विभागले सहयोग गर्नेछ । खेल कार्यक्रमहरुमा आकस्मिक तथा प्रारम्भिक स्वास्थ्य उपचारको सारथीका रुपमा अस्पतालले सक्रिय भूमिका निभाउनेछ । साथै, अस्पतालले खेलाडिहरुलाई उपचारका क्रममा क्यासलेस सेवा समेत प्रदान गर्नेछ ।

सम्झौता पत्रमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले हसताक्षर गर्नुभएको छ भने सम्झौता कार्यक्रममा एन्फा महासचिव इन्द्रमान तुलाधर र नेपाल मेडिसिडी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट तथा वरिष्ठ हाडजार्नी विशेषज्ञ डा. राज राणा , फिजियोथेरापीष्ट जयराम महर्जन, माकेटिङ विभागका नविन बज्रचार्य उपस्थित हुनुहुन्थ्यो ।
त्यस्तै, नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले स्वदैशमै सम्पूर्ण उपचार उपलब्ध गराउने उद्धेश्य राखेको अस्पतालले राष्ट्रका गहना मानिने खेलाडिहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न पाएकोमा गौरवान्वित भएको प्रतिक्रिया दिनुभयो ।
