Fast Nepal News

देशभर ३ लाख मुद्दा, सबैभन्दा बढी अंशबन्डाका

banner single news

काठमाडौं – चैत ५

काठमाडौं, देशभरका जिल्ला, उच्च, सर्वोच्च, विभिन्न न्यायाधीकरण लगायतका अदालतमा मुद्दाको संख्या ३ लाख १७ हजार ५ सय २० छ। यस वर्षमात्रै देशभर २ लाख ११ हजार मुद्दा दर्ता भएका छन्। गत वर्षका बाँकी १ लाख ६ हजार मुद्दा जिम्मेवारी सरेका थिए। गत वर्ष कोभिड १९ को प्रभाव न्यायालयमा समेत देखिएको छ।

न्यायालयमा गत वर्षको तुलनामा १० प्रतिशतले मुद्दा फर्छ्यौट घटेका छन्। सर्वोच्च अदालतमा मात्रै आव २०७६र०७७ मा ११ हजार ८ सय मुद्दा दर्ता भए। सर्वोच्चमा २४ हजार ७ सय मुद्दा छिन्न बाँकी छन्। अदालतबाट भएका फैसला कार्यान्वयनका लागि छुट्टै निवेदन दिनुपर्छ। त्यसमध्ये फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा २८ हजार १२६ वटा निवेदन परेका थिए। त्यसमध्ये जम्मा १० हजार ५ सय मात्र फर्छ्यौट भएका छन्।

Inside Article Ads

अदालतमा सबैभन्दा बढी अंशबन्डाका मुद्दा दर्ता भएका छन्। देशभरका अदालतमा अंशबन्डासम्बन्धी २४ हजार ७ सय ५० थान मुद्दा छन्। त्यसैगरी सबैभन्दा बढी मुद्दा उच्च अदालत पाटनमा दर्ता भएका छन्। जिल्ला अदालतमध्ये सबैभन्दा धेरै मुद्दा काठमाडौं अदालतमा छन्। सबैभन्दा कम मुद्दा भएको जिल्ला अदालत मनाङ हो। मनाङमा जम्मा ८ वटा मुद्दा दर्ता भएका थिए। नागरिक दैनिकबाट

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.