Fast Nepal News

चैतेधान रोपाइँ सुरु

banner single news

चितवन – चैत ३

चितवन, पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिका, पश्चिम चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकाका कृषक यतिखेर चैतेधान रोप्न व्यस्त भएका छन् ।

कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालका अनुसार जिल्लामा सात हजार ५०० हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिन्छ । उक्त क्षेत्रफलमा गत वर्ष ३९ हजार मेट्रिक टन धान उत्पादन भएको उनले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका सूचना अधिकारी माधव पौडेलका अनुसार जिल्लामा १५ प्रतिशत चैतेधानको रोपाइँ सकिएको छ । विशेषगरी यो समयमा हर्दिनाथ–१, पिआर, चैते–५ लगायतका धान लगाइने गरिन्छ ।

फागुनको अन्तिम साताबाट चैतको तेस्रो सातासम्म चैतेधान रोपाइँ हुने उहाँले जानकारी दिनुभयो । अघिल्लो वर्ष धानमा घाँटी मोरुवा रोगको समस्या देखिएपछि अहिले कृषकले धानको बीउ परिवर्तन गरेको कार्यालयका प्रमुख मेघनाथ तिवारीले जानकारी दिए । उनले भने, “गत वर्ष हर्दिनाथ–१ मा घाँटी मरुवा रोग देखियो, यस वर्ष कृषकले चैते–५ धानको बीउ बढी प्रयोग गरेका छन् ।”

Inside Article Ads

धान रोपाइँमा कृषकले आधुनिक मेसिनको प्रयोग गरेको कार्यालयले जनाएको छ । उनका अनुसार अहिले पूर्वी चितवनका दुईवटा सहकारीमा आबद्ध कृषकले मेसिनबाट धान रोपाइँ गरेका छन् । साना किसान कृषि सहकारी संस्था लिमिटेड खैरहनी कुमरोज र साना किसान कृषि सकहकारी संस्था बछौलीले मेसिनबाट धान रोपाइँ गरेका हुन् । मेसिनले १० बिघा क्षेत्रफलमा धान रोपाइँ गरिने उनले भने । चैतमा लगाइएको धान जेठको अन्तिम सातादेखि असारको पहिलो सातासम्म कृषकले थन्क्याइसक्छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोनका संयोजक तेजप्रसाद बर्तौलाले अहिले नहरमा पर्याप्त पानी नहुँदा धान रोपाइँमा समस्या भएको बताए । परियोजनाले बछौलीमा १९, कुमरोजमा २८ र कठारमा तीनवटा मोटर अनुदानमा दिएको उहाँले जानकारी दिए । पचास प्रतिशत अनुदानमा आएका मोटरको सहायताले धान रोप्ने काम भइरहेको उन को भनाइ छ ।

धान रोप्नका लागि खेताला नपाउने समयमा मेसिनको प्रयोग प्रभावकारी भएको उनले बताए। उनले भने, “बीउ राख्नका लागि केही झन्झट भए पनि रोपाइँका लागि मेसिनले सहयोग गर्नेरहेछ । रासस

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.