Fast Nepal News

कवि मुकुन्द पौडेलको मनशिला मुक्तक संग्रह लोकार्पण

banner single news

 

काठमाडौं, २६ फाल्गुण- कवि मुकुन्द पौडेलको मनशिला मुक्तक संग्रह लोकार्पण भएको छ । नेपाल प्रज्ञा भवनमा आयोजित लोकार्पण समारोह माझ उक्त मुक्तक संग्रह सार्वजनिक गरिएको हो । पौडेल कृत मनशिलाको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वरिस्ठ साहित्यकार यादव खरेल, कवि मुकुन्द पौडेल, साहित्यकार पुरुशोत्तम दाहाल, वरिस्ठ मुक्तककार एवम् गजलकार  ज्ञानुवाकार पौडेल वरिस्ठ मुक्तककार रामकाजी कोने, वियोगी बुढाथोकी, समालोचक डा. ज्ञानु अधिकारी र आवरण प्रकाशनका अध्यक्ष रमेश पौडेलले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै यादव खरेलले जीवन प्रकृती र जगतलाई हेर्ने दृष्‍टिकोणलाई मुक्तकमा समावेश कृतिकार पौडेलकार्यक्रममा वरिस्ठ पत्रकार एवम् साहित्यकार पुरुशोत्तम दाहालले सिर्जना भनेको आफ्नो सन्तान सरह हुने बताउदै  कृतिकार पौडेलको लेखन मोहसँगै विविध बिषयमा सरसर्ती बग्न सक्नु प्रशंसनिय रहेको बताए ।

कार्यक्रममा वरिस्ठ मुक्तककार एवम् गजलकार  ज्ञानुवाकार पौडेलले मुक्तक लेखनमा कवि पौडेलको शिल्पकारिता, बिषयवस्तुमा वेग र तिव्रता रहेको उल्लेख गरे । साथै, कृतिकार लेखनको नशा लागेको आफुले पाएको बताए ।

सो अवसरमा बोल्दै कृतिकार कवि मुकुन्द पौडेलले आफुले आफ्नो लेखन कार्यलाई  सिर्जनात्मक र कलात्मक बनाउन सक्दो प्रयास गरेको बताउदै मनशिलालाई सबैले मन पराउने खालको बनाउन सके नसकेको कुरा समयले बताउने उल्लेख गरे ।

Inside Article Ads

वरिस्ठ मुक्तककार रामकाजी कोनेले सभापतिको आसनबाट बोल्दै मुक्तक लेख्न त्यती सहज नभएको उल्लेख गर्दै कृतिकार पौडेलको मनशिला तक्षशिला जस्तै रहेको बताए । वरिस्ठ मुक्तककार वियोगी बुढाथोकीले मनशिला भित्रका सिर्जनाहरु कृतिकार  जस्तै  सुन्दर र क्लिस्टताविहिन शालिन शब्द रहेको बताए ।

समालोचक डा. ज्ञानु अधिकारीले उक्त मुक्तक संग्रहको बारेमा समालोचना गर्दै कृतिमा व्यक्तिगत भोगाइ, देशको राजनीति र राजनीतिक असङ्गतका कुराहरु, नेपाली स्वाभिमान, मानविय संवेदना, प्रेमका अनेक अनुभुती आदी बिषयलाई समेटिएको स्पस्ट पारिन् । डा. अधिकारीले कृतिमा आन्तरिक सौन्दर्य रहेको पनि उल्लेख गरिन ।

आवरण प्रकाशनका अध्यक्ष रमेश पौडेलले मनशिला प्रकाशनको प्रथम कृति भएको जनाउदै आगामी दिनमा आवरणले सर्जक र सिर्जनालाई बढवा दिने प्रतिबद्धता व्यक्त गरे ।  कार्यक्रममा नेपाल राष्ट्र बैंकका पुर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, साहित्यकार बम बहादुर जिताली लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम यादव भट्टराईले संचालन गरेका थिए ।

मनशिला पौडेलको तेस्रो कृति हो ।  यस कृतिलाई आवरण प्रकाशनले प्रकाशित गरेको हो ।  यस अघि उनका मनशिन्धु र मझदार नामक दुई कृतिहरु प्रकाशन भैसकेका छन् ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.