Fast Nepal News

फाल्गुण २९ मा खाडाडेवी फूडल्याण्डमा सातै प्रदेशको खानाको प्रदर्शनी हुने

banner single news

काठमाडौं २६ फागुन । काठमाडौं कलंकी १४ स्थित मकालु पेट्रोल पम्प को अपजिट साइटमा रहेको खाडाडेवी फूडल्याण्डको प्रांगणमा हरेक शनिबार फरकफरक शैलीमा खाना महोत्सव हुने भएको छ ।
“खाडाडेवी फूडल्याण्डको सान नेपाली खानाको पहिचान ”
भन्ने मुल नाराको साथ फाल्गुण २९ गते खाडादेवी फूडल्याण्डमा सातै प्रदेशको खानाको प्रदर्शनी हुने छ। प्रदर्शनीमा हिमाल, पहाड, तराईका जातजातिको परम्परागत खाजा, खानामा प्रयोग गर्ने सामग्री प्रदर्शनी पनि गरिने भएको छ।
उक्त प्रदर्शनी ग्यास्ट्रोनोमी टुरिजम एशोसिएशन अफ नेपाल र खाडादेवी फूडल्याण्डको संयुक्त आयोजनामा हुन लागेको हो । प्रदर्शनीमा लाइभ लोकदोहोरी कार्यक्रमको साथै खाडादेवी फूडल्याण्डको मौलिक अनि पृथक खाना पस्कने कार्यक्रम छ। जसमा बिशेश यस हप्ता टर्किको सेकुवा, टर्किको बैजनी मम ,काला नमक, धानको चामलको खाना सेट लोकल,खसी कुखुराको मासुका परिकार परम्परागत कसौडीमा पकाएको खसिका परिकार र नेपालको मध्य पहाडी भागमा पाइने कागुनको खिर आदि इत्यादी खानाको परिकार रहने एजुकेटिभ सेफ गोपि थापाले बताउनु भयो । खाना महोत्सवमा स्थानीय विभिन्न जातीहरुको संस्कृति मौलिक परिकारसहितको खाना खुवाउने लक्ष्य सहितका चर्चित गायक सरोज लामिछाने ,दिनेश थापा ,रितु मगर ,सिमा भण्डारी लगाएतले साँस्कृतिक प्रस्तुति दिनु हुने कार्यक्रम रहेको संचालक रमेश केसीले जानकारी दिनु भएको छ ।

Inside Article Ads
Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.