Fast Nepal News

नेपाल महिला चेम्बर ट्रेड फेयर आजबाट शुरु हुँदै

banner single news

 

काठमाडौं, २४ फाल्गुण- नेपाल महिला चेम्बर ट्रेड फेयर २०२१ मार्च आज सोमबारबाट शुरु हुँदैछ । मेला ‘मेड इन नेपाल, मेक इन नेपाल’को थिममा लाजिम्पाट स्थित होटल रेडिसनमा हुन लागेको हो । १११ औ अन्तरराष्ट्रिय नारी दिवसको अवसर पारेर नेपाल चेम्बर अफ कमर्शसँगको सहकार्यमा नेपाल महिला चेम्बरले उक्त ट्रेड फेयर संचालनमा ल्याएको हो

उपराष्ट्रपति नन्द बहादुर पुनले समुदघाटन गर्ने तय गरिएको उक्त मेलामा खाद्य एवम् पेय, लत्ता कपडा, हस्तकला र सजावटका सामाग्री, किचन सामाग्री, हेल्थ र फिटनेश, कुक वेयर, फेशन प्रडक्ट, ट्राभल एण्ड टुर, इलेक्ट्रीकल र इलोक्ट्रोनिक्स, किडस र बेबी प्रडक्ट, डिजाइनर एसेसोरिज, नक्कली गरगहना र सौन्दर्य सम्बन्धी सय भन्दा बढी स्टल रहने
नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले जानकारी दिइन ।

अध्यक्ष श्रेष्ठले उक्त मेला आयोजना गर्नुको उदेश्य महिला उद्यमीद्वारा उत्पादित सामाग्रीको प्रबर्द्धन गर्ने रहेको बताउदै मेलाले हस्तकला सामग्री, खाद्य, पहिरन एवम् आभुषण, सौन्दर्य सामाग्री लगायतका उत्पादनको व्यवसायीकरण गर्न सहयोग पुर्याउनु रहेको पनि स्पस्ट पारिन । साथै, उनले कोभिड १९ बाट बढी जसो महिला उद्यमीहरु प्रभावित बनेको उल्लेख गर्दै नेपालमा महिला उद्यमशीलताको विकास, स्वदेशी उत्पादनको प्रबर्द्धन र देशको अर्थतन्त्रलाई सबल बनाउन मेलाले योगदान पुर्याउने अपेक्षा राखिएको समेत जानकारी दिइन् ।अध्यक्ष श्रेष्ठले मेलाबाट महिला उद्यमीहरुले प्रशस्त लाभ हासिल गर्ने जिकिर समेत गरिन ।

त्यसैगरि, नेपाल महिला चेम्बरकी सचिव लिमा अधिकारीले मेलाबाट नेपाली महिला उद्यमीलाई प्रोत्साहन मिल्ने धारणा राख्दै ट्रेड फेयर उदघाटन दिउँसो १२ बजे उपरास्ट्रपति नन्द बहादुर पुनबाट हुने र अप्ररान्ह एक बजे देखी स्टल खुला रहने जानकारी दिइन ।

Inside Article Ads

त्यसो त आजको कार्यक्रम अन्तर्गत गायक दिनेश गौतम, भारतिय गायिका अनु सिंह, कमेडियन गोपाल ढकाल छन्देले प्रस्तुती दिने कार्यक्रम राखिएको छ । मेला साँझ ६ बजेसम्म संचालनमा आउने छ ।

त्यसैगरि भोली मंगलबारको कार्यक्रम अन्तर्गत कामना विकास बैंकले महिला उद्यमीहरुलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम संचालन गर्दैछ भने मेलाको अवसरमा कलाकारहरुले मिथिला आर्ट लगायतका कला प्रदर्शन गर्दैछन् । जहाँ गायक बिनोद ढकाल र गायिकातहरु मधु क्षेत्री, सीता केसी र सरिता भुजेलले प्रस्तुती दिनेछन् ।

मेलाको अन्तिम दिनमा भने गायक सपन श्रेष्ठ र गायिकाद्वय रिता केसी एवम् सरु गौतमले आफ्नो गायकी कला प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । मेला अवधीमा १०० हाराहारीमा व्यापारिक स्टलहरु राखिने छ । मेलाको पहिलो दिन १ बजेबाट देखी खुला रहने स्टलहरु दोस्रो र तेस्रो दिन भने विहान दश बजे देखी साँझ ६ बजेसम्म खुला रहनेछ ।

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.