Fast Nepal News

पत्रकार महासंघका १२ एसोसिएट संस्थापक अध्यक्षहरू सम्मानित

banner single news

 

काठमाडौं-नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशले महासंघमा आवद्ध १२ वटा एशोसियट संस्थाका संस्थापक अध्यक्षहरूलाई सम्मान गरेको छ। नेपाली पत्रकारिता क्षेत्रमा विधागत पत्रकारिताको विस्तार र विकासमा योगदान पुर्‍याएकोमा १२ संस्थाका संस्थापक अध्यक्षहरूलाई सम्मान गरिएको हो।

सो अवसरमा सम्मानित हुने संस्थापक अध्यक्षहरूमा एभरेष्ट प्रेस क्लबका शिव  खड्का, दक्षिण एसियाली खेलकुद पत्रकार संघका स्वर्गीय ईश्वरमान सिंह, चलचित्र समीक्षक समाज नेपालका रमण घिमिरे, पत्रकारिता अनुसन्धान तथा तालिम समाजका श्री आचार्य, नेपाल पत्रकार मञ्चका वैकुण्ठ प्रसाद भण्डारी, कार्टुनिष्ट क्लब नेपालका अशोकमान सिंह, नेपाल चलचित्र पत्रकार संघका भरत शाक्य, पर्यटन पत्रकार मञ्चका विद्रोही गिरी, अनलाइन पत्रकार संघ नेपालका केपी ढुंगाना, पत्रकारिता विकास समाजका केदार खड्का, नेपाल खेलकुद पत्रकार मञ्चका सीताराम अग्रहरि र फोटो जर्नालिष्ट क्लबका चन्द्रशेखर कार्की रहेका छन् । उनीहरुलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

सम्मान कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले अग्रजहरूको सम्मान गर्ने परम्पराको थालनी गरेकोमा आयोजकलाई धन्यवाद दिदै महासंघ निर्वाचनमार्फत नयाँ नेतृत्वको चयनको चरणमा प्रवेश गरिसकेको बताए ।

निर्वाचनका बखत जुनसुकै विचार समूहबाट उम्मेदवार बने पनि नेतृत्वमा पुगेपछि उनीहरूसँगै लड्ने साहस बोक्नुपर्नेमा उनले जोड दिए । निर्वाचनको बेलामा वैचारिक आधारमा प्रतिस्पर्धा गरिए पनि निर्वाचित भएपछि महासंघको उद्देश्यमा क्रियाशील हुनुको अर्को विकल्प नरहेको उल्लेख गर्दै उनले भने, ‘निर्वाचनको बेला जसको टिकट लिएर निर्वाचित भए पनि त्यसपछि प्रेस स्वतन्त्रता र श्रमजीवीको हक रक्षाका लागि तीनै टिकट दिनेविरुद्ध उभिन सक्नेले मात्र महासंघको नेतृत्वमा जाने अभ्यास गर्नुहोला।’

सम्मानित संस्थापक अध्यक्षहरुको तर्फबाट बोल्दै रमण घिमिरेले महासंघलाई सञ्चारकर्मीहरूको साझा थलो बनाउनु पर्ने खाँचो औल्याएका थिए।

Inside Article Ads

महासंघका उपाध्यक्ष विपुल पोखरेलले पहिलो पटक महासंघ प्रत्यक्ष निर्वाचन प्रणालीमा गएको र अबको निर्वाचनमा विगतमा जस्तो कुनै समूह विशेषको मात्र दबदबा हुन नसक्ने बताए।

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले महासंघको निर्वाचनै हुन नदिने खेल भइरहेकाले सबै पत्रकार एक ठाउँमा उभिएर त्यसको प्रतिवाद गर्नुपर्ने बताए।

त्यसैगरि, एसोसिएट प्रदेशका अध्यक्ष केपी ढुंगानाले महासंघको निर्वाचनमा दलगत निकटताभन्दा सञ्चारकर्मीले विवेक प्रयोग गरे महासंघको नेतृत्वमा आउन बालुवाटार, पेरिसडाँडा र बुढानिलकण्ठ धाउने काम भोलिका दिनमा बन्द हुने बताए।

एसोसिएट संस्थाहरुको तर्फबाट बोल्दै समीक्षक समाजका अध्यक्ष यज्ञशले महासंघमा विधागत प्रतिनिधित्व बढाउनुपर्नेमा जोड दिएका थिए। केवल निर्वाचनको बेलामा मात्र भेला गर्नेक्रम हटाउनुपर्नेमा उनको जोड थियो।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.