Fast Nepal News

एन सेलला कि एन टि सि ला सिम” गोन्बो म्यूजिक प्रोडक्सनबाट सार्वजनिक

banner single news

काठमाडौं ।“एन सेलला कि एन टि सि ला सिम” गोन्बो म्यूजिक प्रोडक्सनबाट सार्वजनिक भएको छ ।

गायिका जितु लोप्चन र गायक कर्मध्वज लामाको स्वरमा रेकर्ड गरिएको यो “एन सेलला कि एन टि सि ला सिम” म्यूजिक भिडियोको शब्द, संगीत सुशील तामाङको रहेको छ । बनेपामा आयोजित पत्रकार सम्मेलनमा प्रमुख अतिथि अर्जुन लामाले केक काटेर विधिगतरुपमा घोन्बो म्यूजिक प्रोडक्सन हाउसको युटुव च्यान संचालनमा आएको घोषणा गदै उक्त दिन नै यो युटुव च्यानलबाट “एन सेलला कि एन टि सि ला सिम”म्यूजिक भिडियो सार्वजनि गरेको थियो ।

स्यम्भुको आसपासमा छायाङ्कन गरेको यो म्यूजिक भिडियोमा भिडियोमा मोडल याङ्की दोङ,कुसुम मगर,हिरालाल जिकझ्याक,कर्मध्वाज लामाको अभिनय रहेको छ ।

कार्यक्रममा तामाङ समुदायको ¥यापर गायक उत्तर संगुल लामा, झिगुँ लिनुभा बहुउदेश्यीय सहकारी संस्था लिमिटेट प्रालिका प्रबन्धक निर्देशक सलाम सिं लामा, मिसन समृद्घ नेपालको महासचिव तथा पत्रकार मिलन लामा दोङ, गायिका जितु लोप्चन, लगाएतका व्यक्तिहरु विशेष अतिथिको रुपमा रहेका थिए ।

Inside Article Ads

उक्त पत्रकार सम्मेलनको दिन घोन्बो म्यूजिक प्रोडक्सन हाउसका संचालक तथा मोडल हिरालाल लामा जिकझ्याकले पहिलो म्यूजिक भिडियो भएको हुनाले केही कमिकमजोर हुन सक्छ सल्लाह सुझाव दिएर अगाडी बढ्ने प्रेरणा दिनका लागि सबैमा अनुरोध पनि गरेको थियो ।

Visited 25 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.