Fast Nepal News

भरतमोहन अधिकारी स्‍मृति सभा माझ १२५ जना जेष्ठ नागरिक साम्मनित

banner single news

 

विराटनगर-भरतमोहन अधिकारी स्‍मृति फाउण्डेसनको आयोजना तथा बिष्णु माया पुस्तकालय, विराटनगरको सह आयोजनामा फाल्गुण १८ गते विराटनगर स्थित पोखरियामा सम्पन्न भरतमोहन अधिकारी स्‍मृति सभा माझ १२५ जना जेष्ठ नागरिकहरु सम्मानित भएका छन् । फाउण्डेसनका संरक्षक समेत रहेका नेकपा अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले जेष्ठ नागरिकहरुलाई सम्मान गरेका हुन । सम्मानित हुनेहरुमा पुर्व उपप्रधान एवम् अर्थमन्त्री स्वर्गिय भरतमोहन अधिकारीका युवावय अवस्था देखीका समकालिन, कम्युनिस्ट आन्दोलनका सहयोद्धा अग्रज लगायत १२५ जना जेष्ठ नागरिक छन् । सम्मानित हुनेहरुमा ७० बर्ष देखी १०७ बर्षसम्म जेष्ठ नागरिकहरु छन् ।

जेष्ठ नागरिक सम्मान कार्यक्रम पस्चात उक्त स्‍मृति सभालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष माधव कुमार नेपालले भरतमोहन अधिकारी विवेकशिल, सरल, अध्ययनशिल र बौद्धिक नेता भएको स्मरण गर्दै जेष्ठ नागरिक र सामाजिक क्षेत्रमा स्व. अधिकारीले पुर्याएको योगदान गर्व गर्न लायकको रहेको बताए ।
त्यसैगरि, स्‍मृतिसभा माझ सभापतिको आसनबाट बोल्दै फाउण्डेसनका उपाध्यक्ष सोम प्रसाद पाण्डेले नेपालमा जेष्ठ नागरिकहरुको हक अधिकारलाई स्थापित गर्न स्व. नेता भरतमोहन अधिकारीको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै नेताका रुपमा स्व. अधिकारीबाट दुरदर्शीता प्रस्तुत भएको र समाजको स्वरुपलाई बदल्ने सामर्थ्य बोकेका अग्रज क्रान्तिकारी नेताको रुपमा स्व. भरतमोहनलाई आफुले स्मरण गर्ने बताए ।

त्यसैगरि, फाउण्डेसनकी संस्थापक एवम् स्व. नेता अधिकारीकी सुपुत्री लिमा अधिकारीले स्व. पिता भरतमोहन अधिकारीलाई स्मरण गर्दै उहाँ उच्च सामाजिक चेतनाले ओतप्रोत व्यक्तित्व भएको उल्लेख गरिन । साथै, उनले स्व. अधिकारीले जेष्ठ नागरिक प्रति अभियानका रुपमा थालनी गरेका कार्य र सोचलाई सार्थक पार्दै अघि बढन फाउण्डेसनले आगामी दिनमा थप कार्यक्रमहरु पस्कदै जाने बताइन् ।

Inside Article Ads

कार्यक्रम माझ अधिकारीका अग्रज कम्युनिस्ट सारथी लगायत नेता कार्यकर्ताहरुले स्व. अधिकारीको योगदान बारे चर्चा गरेका थिए । उक्त स्‍मृति सभामा नेकपाका प्रभावशाली नेताहरु भिम आचार्य, घनेन्द्र बस्नेत लगायतको उपस्थिती रहेको थियो ।

स्वर्गिय भरतमोहन अधिकारी स्‍मृति फाउण्डेसन पुर्व उप प्रधानमन्त्री स्व. भरतमोहन अधिकारीको स्‍मृतिमा स्थापित संस्था हो । स्वर्गिय नेता अधिकारीको धर्मपत्नी सबिता अधिकारी उक्त फाउण्डेसनको अध्यक्ष छिन् ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.