Fast Nepal News

बस्नेतको अगुवाइमा ग्यास्ट्रोनोमी टुरिजम एशोसियसन अफ नेपाल औपचारिक घोषणा

banner single news

 

काठमाडौं ।ग्यास्ट्रोनोमी लोकल्ली एण्ड ग्लोबल्ली क्याम्पेनका अभियन्ता पछिल्लो समय नेपाली फुड गुरुबाट सम्मानित सुरेशचन्द्र बस्नेतको अगुवाइमा ग्यास्ट्रोनोमी टुरिजम एशोसियसन अफ नेपाल औपचारिक घोषणा गरेका छन।

काठमाडौ को कपन म्याङगो डाडा स्तथित “बृक्षालय रिसोर्ट एण्ड कालिज फार्म”मा पत्रकार भेटघाटगरि बस्नेतले औपचारिक घोषणा गरेका हुन ।

मुनाफा वितरण नगर्ने उद्देश्य सहित सोसियल इन्टरप्रइजेजको रुपमा रहेको यो संस्थामा अककल बहादुर तामाङ सन्तोष कुबर,भावना केसी,रमेश कुमार भण्डारी,भत्त गुरूङ,चित्र दाहाल,दिलिप सिह लामा,चिजमान गुरूङ लगाएतको अभियान्ताहरूको टिमरहेको छ।

Inside Article Ads

हेर्नुस् प्रेस विज्ञप्ति

नेपालको आर्थिक विकारको मेरुदण्ड भनेको नेपालको पर्यटन उद्योग हो । आजकाल कृषि र जलविद्युतलाई पनि उत्तिकै प्रथमिकताका साथ हेरिन्छ र यसमा लगानि पनि ठूलो नै चाहिन्छ । जुन लागानि हाल सरकारी निकाय र विदेशि लगानिकर्तावाट मात्र सम्भव देखिज्छ । त्यसैले नेपालको साहासिक, धार्मिक, संस्कृतिक र जंगलसफारी जस्ता विभिन्न पर्यटन नेपालमा आई रमाउने गरेका छन् । पर्यटनले व्यवसाय विभिन्न विधाका उद्यम तथा पेशसंग जेडिएको व्यवसाय हो । यस हिसावले कुनै पनि पर्यटक नेपाल आउदा प्राथमिकतामा वसोवास र खाना पर्दछ । पर्यटकहरुले कुनै पनि नयाँ ठाउँ वा देशमा जादा त्यहाँको स्थानिय तथा परम्परागत खानोकुराको अनुभव लिन रुचाउछन् । यस खाना पर्यटनलाई ग्यास्ट्रोनोमि टुरिजम, फुड टुरिजम, कुलिनरी टुरिजम भनि विश्व भरमा चिनिन्छ । नेपालको सन्दर्भमा पनि ग्यास्ट्रोामि टुरिजम अथवा स्थानिय भाषामा भन्दा भोजन पर्यटनको अवधारण भर्रखरै विकास भएको पाइन्छ । यसै सन्दर्भमा ग्यास्ट्रोामि टुरिजम एशोसियसन अफ नेपालको आवश्यक्ता महसुस गरी कम्पनि रजिष्ट्रारको कार्यलयमा मुनाफा वितरण नगर्ने उद्देश्य सहित सोसियल इन्टरप्रइजेजको रुपमा होटल, रेष्टुरेन्ट, वेकरी, होमस्टे लगाएत सबै विधामा काम गरिरहेको पेशागत र व्यवसायीहरुको सहभागितामा यो संस्था स्थापना गरिएको जानकारी गराउन चाहान्छौं ।
कोभिड–१९ ले विश्वको पर्यटन र होटोल उद्योगले ठुलो त्रासदि र घाटावेहेर्नु परिरहेको सन्दर्भमा नेपालमा पनि अछुतो रहन सकेको छनै । कम्तिमा पनि २०/३०% होटेलहरु बन्द हुने अवस्थामा छन् भने अरु कतिपय धराशाहि हुने खतरामा पुगेका छन् । यस एशोसिएसनले नेपाल सरकार, पर्यटन मन्त्रालय र सम्वन्धित निकायसगँ पर्यटन मैत्रि निति तथा यस पेशासंग सम्वन्धित मजदुर र व्यवसायीहरुलाई यथोचित राहात एवम सहयोगको लागि जोडदार माग गर्दछ । साथै पर्यटन पर्यटनसगँ सम्वन्धित संस्थाहरुले गरेको आन्देलन, विभिन्न कार्यक्रममा नैतिक सर्मथन रहेको जानकारी गराउन चाहान्छौं ।

नेपालको पर्यटन उद्योग नयाँ विचार र भिन्न गतिविधिको लागि खाना पर्यटन विगत ५बर्ष देखि Campaign for Gastronomy संचालन गर्दै आएकोमा यस अभियानलाई संस्थागत गर्दै एशोसिएसनले नेपाल सरकार, पर्यटन मन्त्रालय , सम्वन्धित निकाय, स्थानिय निकाय र सम्वन्धित संघसंस्थासँग समन्वय गरी नेपालको सातै प्रदेशमा नेपाली खानाको खोजी गर्ने टिभि कार्यक्रम Food Hunting Program & Cooking Reality Show यही चैत्र महिनावाट शुरु गदैछौ साथै काठमाडौका विभिन्न रेष्टुरेन्टमा Nepali Brunch Food Festival प्रत्योक शनिवार तथा आइतवार हुने गरी नेपाली परीकार तथा मेनुको नौलो आयाम ल्याउने जर्मको गरिरहेका जानकारी गराउन चाहन्छौं । साथै हामीले नेपाली खाना पर्यटनको प्रवद्धनमा जोड दिनका लागि सबै सम्वन्धित निकायसंग हातेमालो गर्न आवाहान समेत गर्न चाहान्छौं ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.