Fast Nepal News

गाउँगाउँमा इजरायली कृषि टेक्नोलोजि पु¥याउँछौँः मन्त्री अर्याल

banner single news

सुमित्रा भुजेल
फागुन १४,बेसीशहर
कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्मा अर्यालले गाउँगाउँमा इजरायली कृषि टेक्नोलोजि पु¥याउँने बताउनुभएको छ । बिहिबार लमजुङ बेँसीशहर नगरपालिका वडा नं. २ मा निर्माणाधीन श्रीजंग गण नेपाली सेनाको व्यवसायिक कृषि तथा पशुपालन तालिम केन्द्र भवनको अवलोकन गर्दै मन्त्री अर्यालले यस्तो कुरा बताउनुभएको हो ।
उहाँले भन्नुभयो, विश्वमै अगाडी रहेको इजरायली कृषि टेक्नोलोजि गाउँगाउँमा पु¥याउँन सके देश समृद्धितर्फ अघि बढ्नेछ । कृषिको विकास हुन सकेमा मात्र देशको विकास हुने भएकाले कृषि क्षेत्रमा इजराली टेक्नोलोजि कार्यान्वयन गर्न आवश्यक छ उहाँले भन्नुभयो । व्यवसायिक कृषि, आधुनिकरण र यान्त्रिकरण कृषि भए मात्र सरकारले लिएको समृद्ध नेपाल, सुशी नेपालीको सपना साकार हुँदै देश समृद्ध हुने मन्त्री अर्यालको भनाई छ । सातै प्रदेशमा ‘सेन्टर अफ एक्लीलेन्स’ स्थापना गरी अत्याधुनिक इजरायली कृषि प्रविधि भित्राउन लागेको जानकारी दिनुभयो । कृषि मन्त्रालयले यसै आर्थिक वर्ष सर्लाहीको नवलपुरमा ‘सेन्टर अफ एक्लीलेन्स’ स्थापना गरी यो अभियान सुरु गर्न लागेको उहाँले जानकारी दिनुभयो ।
इजरायली प्रविधिलाई नेपाल भित्राउन नेपाल र इजरायल सरकारले स्टेरिङ कमिटी बनाइसकेको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘अब कृषिमा यन्त्रीकरण भएन भने हामीले लिएको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न सक्दैनौं, त्यसैले हामीले सातै प्रदेशमा किसानलाई तालिम दिएर दक्ष जनशक्ति तयार पार्न लागेका छौं । इजरायली कृषि प्रविधिको देखासिखी हामीले गर्नुपर्ने भन्दै सो प्रविधि अंगाल्न जोड दिनुभयो । मन्त्री अर्यालले भन्नुभयो, २ हजार ५ सय विद्यार्थीलाई सो प्रविधिमा पढाई सकेका छौँ, तर उनीहरुले मुलुकमा सदुपयोग गर्न सकेको छैन । सो विषयमा दक्ष भएर स्वदेश आएपछि सिप स्वदेशको कृषि क्षेत्रमा प्रयोग गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, आगामी दिनमा अन्य जनशक्तिलाई पनि यस तालिम दिँदै छौँ ।
त्यस्तै इजरायलका राजदूत खनान गोडरले ७० वर्षअघिसम्म खाद्यान्न अभाब हुने इजरायल अहिले कृषिमा आत्मनिर्भर भई कृषिजन्य उत्पादन निकासी गर्ने अवस्थामा पुगेको बताउनुभयो । अत्याधुनिक प्रविधिको उपयोगकै कारण इजरायलले फड्को मारेको अनुभव सुनाउँदै उहाँले आधृनिक प्रविधिसँग जोड्ने हो भने नेपालमा पनि कृषि क्षेत्रमा परिवर्तन सम्भव रहेको उहाँको भनाई छ ।
त्यस्तै, कृषि मन्त्रालयका सचिव डा. योगेन्द्र कार्की, नेपाली आर्मीका बलाधिकृत रथी प्रभुकुमार शर्मा, बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल लगायतले युवाशक्तिमा चासो र लगनशिलताका साथ कृषि पेशामा लागेमा मुलुक कृषिमा फड्को मार्न सक्ने उहाँहरुको भनाई छ । तर कृषि क्षेत्रको विकास गर्नका लागि इजरायली प्रविधि आवश्यक रहेकाले यसको प्रयोग गर्नुपर्नेमा उहाँहरुले जोड दिनुभयो ।
नेपाली सेनाको कल्याणकारी कोषले मोडल परियोजनाका रुपमा सुरु गरेको यस तालिम केन्द्रले सैनिक परिवारका २० जना युवायुवतीलाई छानेर पढाइरहेको छ । बीएस्सीएजीसम्मको पढाई सञ्चालन गर्ने लक्ष्य राखेको यो तालिम केन्द्र ३ सय ६७ रोपनी क्षेत्रफलमा फैलिएको छ । सेवा निवृत्त सैनिक, उनीहरुका परिवार र सर्वसाधारणलाई समेत आधुनिक कृषि तालिम दिने लक्ष्य लिएको यो तालिम केन्द्रमा पनि इजरायली प्रविधि भित्राइने भएको छ । यहाँ करिब १५ करोड रुपैयाँ बढी लागतमा यस तालिमको भवन निर्माण भइरहेको छ ।

Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.