Fast Nepal News

राष्ट्रिय जनगणनामा अपाङ्गता भएका व्यक्तिहरुको सवालका विषयमा छलफल

banner single news

११ फागुन २०७७ शर्मिला विश्वकर्मा, काठमाण्डौं
नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको आयोजना, ओपन सोसाइटी फाउण्डेशनको सहयोग तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संयोजनामा अब हुने राष्ट्रिय जनगणनामा अपाङ्गता भएका व्यक्तिहरुको सही विवरण समावेश गरिने सम्बन्धमा काठमाण्डौंमा एक छलफल कार्यक्रम गरियो । सो छलफल कार्यक्रममा केन्द्रिय तथ्याङ्क विभागका निर्देशक ढुण्डिराज लामिछानेले राष्ट्रिय जनगणना २०७८ को तयारी कार्य र राष्टिय अपाङ्ग महासंघ नेपालसँग सहकार्यका क्षेत्र विषयमा कार्यपत्र प्रस्तुत भएको थियो । यसै क्रममा उहाँले यस जनगणनामा अपाङ्गता भएका व्यक्तिहरुको सही तथ्याङ्क संकलनको लागि वासिङटन ग्रुपका प्रश्नावलीहरु समावेश गरिएको, राष्ट्रिय प्रशिक्षक सहजकर्ताको रुपमा अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई पनि सामावेश गरिएको बताउनु भयो । त्यसै गरी अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालकी अध्यक्ष निर्मला धितालले अब हुने राष्ट्रिय जननणनामा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको सही विवरण समावेश गर्नको लागि सबै एकजुट भएर आवश्यक सहयोग गर्नु पर्ने, प्रशिक्षक, गणक तथा सुपरिवेक्षेकहरुमा पनि अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता गराउनु पर्ने कुरामा जोड दिनु भयो । कार्यक्रम सञ्चालनकै क्रममा आयोजक संस्था नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका कार्यकारी निर्देशक जगदिश प्रसाद अधिकारीले अब हुने राष्ट्रिय जनगणनामा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको गणना छुट्न तथा दोहोरिन नहुने भन्दै सम्बन्धीत निकायहरुलाई अपाङ्गता भएका व्यक्तिहरुका सवालमा आवश्यक सल्लाह तथा सुझाब र अन्य सहयोग गर्न सकिने बताउनु भएको थियो ।
नेपाल अपाङ्ग मानव अधिकार केन्द्रले काठमाण्डौंमा आयोजना गरेको राष्ट्रिय जनगणनामा अपाङ्गता भएका व्यक्तिहरुको सवालका विषयमा छलफलका क्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष मित्रलाल शर्माले अब हुने राष्ट्रिय जनगणनामा सबै प्रकारका प्रकारका अपाङ्गता भएका व्यक्तिहरुलाई समावेश गर्नको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, त्रिभूवन विश्व विद्यालय, केन्द्रिय तथ्याङ्ग विभाग लगायतका अन्य सम्बन्धीत निकायहरुसँग सहकार्य गरेर काम गरि रहेको बताउनु भयो । सो छलफलमा सहभागी व्यक्तिहरुले यस पटकको राष्ट्रिय जनगणनामा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको सही विवरण आउनु पर्ने, यसको लागि गणकहरुलाई अपाङ्गता भएका व्यक्तिहरुका विषयमा जानकारी मूलक तालिम प्रदान गर्नु पर्ने, यो राष्ट्रिय कार्यमा अपाङ्गता भएका व्यक्तिहरुलाई पनि सहभागी गराउनु पर्ने बताउनु भएको थियो ।

Inside Article Ads
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.