Fast Nepal News

एैक्यबद्धताका अध्यक्ष तिवारीद्धारा वडा कार्यालय भवनका लागी निशुल्क जग्गा प्रदान

banner single news

 

पर्वत । एैक्यबद्धता प्रकाशनका अध्यक्ष निलकण्ठ तिवारीले जग्गा दिएसंगै गण्डकी प्रदेश पर्वत जिल्लाको पैयु गाउपालीका ६ सरौखोलामा वडा कार्यालय भवनको काम अघि
बढने भएको छ ।
सो पालिकाको वडा नं छ सरौखोलाका स्थायी बासिन्दा निलकण्ठ तिवारीले सरौफांट सोताको १ रोपनि जमिन निशुल्क प्रदान गर्ने घोषणा गरेपछि वडाले भवन निर्माण प्रक्रिया अघि बढाउने भएको हो ।
वडासचिव पाराश्वर सापकोटाका अनुसार स्थानीय, जनप्रतिनिधि,राजनैतिक दलका प्रतिनिधि र समाजसेवीहरुको उपस्थितिमा उनले सो घोषणा गरेका थिए ।
२०४६, २०५४ र २०५५ मा राजनैतिक कारणले जेल बसेका तथा २०५८ पछाडि पेशा छाडेर गणतान्त्रिक आन्दोलनका लागी भुमिगत भएका तिवारी हाल सामाजिक अभियानहरुमा बढि क्रियाशिल छन । उनी दक्षिणी पर्वतमा भएको २०५७ को ऐतिहासिक हातेमालो श्रमशिविरका परीकल्पनाकार तथा कार्यक्रम संयोजक समेत रहेका थिए । एैक्यबद्धता प्रकाशनका अध्यक्ष उनी गैर आवासीय नेपाली पत्रकारीताका प्रवर्तक पनि हुन ।

Inside Article Ads

जग्गा घोषणा सम्बन्धमा मागिएको एक प्रतिक्रियामा तिवारीले भने ‘जग्गा वा भुमि अन्तत राज्यकै हो र नागरीकका समग्र जिम्मा पनि अन्तत राज्यकै हो भन्ने एउटा भाव, संघियता र गणतन्त्रको मर्मबोधका साथ स्थानीय तह र वडालाइ भौतिक रुपले संस्थागत गर्न सहयोग पुगोस भन्ने अर्को भाव तथा आफनो बंशजको परंपरा लगायतलाइ मनन गर्दै मैले जग्गा दिने निर्णय गरेको हु ’

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.