Fast Nepal News

‘मिस्टर एण्ड मिन नेपाल टिन वर्ल्ड २०२१’ को उपाधि दिक्षा र शाश्वतले जिते

banner single news

काठमाडौँ — माघ २८, २०७७।

मिस्टर एण्ड मिस नेपाल टिन २०२१’ को ग्राण्ड फिनाले काठमाडौंमा सम्पन्न भएको छ । अभ्यानी प्रोडक्सनको आयोजनामा काठमाडौंस्थित आम्रपाली बैंकेटमा सम्पन्न भव्य ग्राण्ड फिनालेमा मिस तर्फको उपाधि दीक्षा रिसालले चुमेकी छन् ।

उनले ‘मिस नेपाल टिन वर्ल्ड २०२१’ का साथै व्युटि विथ प्रपोज र पिपुल्स च्वाइस अवार्ड समेत हात पारेकी छन् । त्यसैगरी श्रृयंका थापाले मिस नेपाल टिन युनिभर्स र मिस कन्फिडेन्स अवार्ड जितिन् । स्टेला लामिछानेले मिस नेपाल टिन इन्टरनेसनल र मिस इन्टेलेक्चुवल अवार्ड जितिन् । सुस्जिता पौडेलले मिस नेपाल टिन अर्थ र मिस फेसन आइकल अवार्ड जितेकी छन् ।

साथै प्रकृति थापाले मिस नेपाल टिन सुपरानेशनल र वेस्ट फिगर अवार्ड जितिन् ।

मिस्टर नेपाल टिन २०२१ को उपाधि शाश्वत ओलीले चुमेका छन् । साथसाथै मिस्टर ट्यालेन्ट अवार्ड पनि हात पारे । नन्दु आचार्यले फस्ट रनर अपको साथसाथै मिस्टर मल्टिमिडिया र पिपुल्स च्वाइस अवार्ड जिते । सेकेन्ड रनर अपको उपाधि संग संगै मिस्टर फिजिक्सको अवार्ड साइरस विश्वकर्माले जिते ।

‘मिस नेपाल टिन २०२१’ को उपाधि जितेका विजेताहरूले वैदेशिक शिक्षाको लागि छात्रवृत्ति, ट्रफी, क्राउन, गिफ्ट ह्याम्परहरु, सर्ट मुभीको साथै विभिन्न पुरस्कारहरु हात पारे । विजेताले इक्वाडोरमा हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्नेछन् ।

त्यसैगरी मिस ट्यालेन्टको उपाधि निर्जला बराईली, मिस मल्टिमिडिया तथा मिस भेटेरन गरिमा गुरागाईं, मिस फोटोजेनिक अपेक्षा भट्टराई, वेस्ट ड्रेस प्रियंका तामाङ, बेस्ट वाल्क मनस्वी ढकाल, मिस डिस्सिपिल्नड जस्मिन रिजाल, मिस पर्सानालिटी निश्मा बुढाथोकीले हात पारे ।

किशोरतर्फ हेन्डसम विथ प्रपोज राजु शाह र मिस्टर मोडल अनुराग भट्टले जिते ।

Inside Article Ads

मिस तर्फ यदि अहिले तपाई नेपालको प्रधानमन्त्री हुनुभयो भने वर्तमान समयमा रहेको कोभिड १९ को समस्यालाई कसरी हल गर्नुहुन्छ भनेर सोधिएको थियो भने मिस तर्फ मिहेनत र भाग्यमा सबैभन्दा ठुलो कुरा के हो भनेर सोधिएको थियो ।

टिन एजका युवा युवतीको क्षमता अभिवृद्धिका लागि आयोजित यो प्रतियोगिता एक महिनासम्म व्यक्तित्व विकास र आत्मविश्वास बढाउन विभिन्न कक्षा संचालन गराइएको इभेन्ट कोरियोग्राफी पवन आचार्यले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि पुर्व उर्जा राज्यमन्त्री भास्कर भद्रा थिए ।

मुख्य अतिथिहरु नेता गोविन्दराज खनिया, अभिनेत्री कविता राय र रोडिज सिजन–२ को विजेता आयुष श्रेष्ठ थिए ।

निर्णायकको भूमिकामा चर्चित मोडल दिपक घिमिरे, इभेन्ट्स नेपालका सिइयो तथा डाइरेक्टर हुकुम राज लुईटेल, मिस्टर नेपाल वर्ल्ड २०१८ विकल्प राज श्रेष्ठ, फेसिनेटेड ब्युटि पार्लरकी डाइरेक्टर लक्ष्मी महत तथा मिस हेरिटेज इन्टरनेश्नल तथा गायिका आश्रा कुँवर थिए । प्रतियोगितामा अफिसियल कोरियोग्राफरका रुपमा पवन आचार्य थिए । कार्यक्रम प्रस्तोताको भूमिकामा रोजिन शाक्य थिए । कार्यक्रमको व्यवस्थापनमा सौरभ चौधरी र मुख्य व्यवस्थापक सिमोन पण्डित रहेकी थिइन् ।

प्रतियोगीको मुख्य सहयोगी संस्था एस. पि. एम कृयशन, राम्रो इन्टरटेनमेन्ट, व्युटि पेजेन्ट एशोशियसन नेपाल, पेजेन्ट नेपाल इन्टरनेशनल, ग्रेस इन्टरनेशनल, सिम्प्यान, थ्री एम, शाशा व्यांकेट, लोटस माइन्डफुलनेस सेन्टर, प्रोटिन गाउस चितवन, ग्लोवल अनलाइन पे, फेसिनेटेड वुयुटि पार्लर, तारा प्रोडक्सन हाउस, द सेलिव्रेटी टाइम्स, अशोक फोटोग्राफी, ग्लोबल अनलाइन पे थिए । ड्रेस डिजाइनरको भूमिकामा सिमोन पण्डित रहेकी थिइन् ।

अभ्यानी प्रोडकसनका सिइओ अभिविन्द खनियाको अध्यक्षमा सम्पन्न कार्यक्रमलाई रोजीन शाक्यले संचालन गरेका थिए । कार्यक्रममा झण्डै १ हजार दर्शकको उपस्थिती थियो ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.