
सुमित्रा भुजेल
माघ २६,बेसीशहर । बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याललाई कोरोना संक्रमण पुष्टी भएको छ । आज बिहान नगर प्रमुख अर्याललाई कोरोना संक्रमण पुष्टी भएको उहाँको प्रेस सल्लाहकार कृष्ण केसीले बताउनुभयो । उहाँलाई स्वास्थ्यमा सामान्य समस्य देखिएपछि गत बिहिबार नै जिल्ला अस्पतालमा आरडिटि गराउनुभएको थियो, सो बेला पोजिटिभ देखिएको थियो ।
आरडिटिमा पोजिटिभ देखिएपछि शुक्रबार जिल्ला अस्पतालमा स्वाब संकलन गरेर क्षेत्रिय प्रयोगशाला पोखरामा पठाइएको र आज पोजिटिभ देखिएको नगरपालिका प्रमुख अर्यालका प्रेस सल्लाहकार केसीले भन्नुभयो । कोरोना संक्रमित नगर प्रमुख अर्याल होम आइसोलेशनमा बस्नुभएको छ । नगर पालिकाको सबै सेवा भने खुल्ला नै रहेको छ ।
जिल्लामा हालसम्म ८५४ जना कोरोना संक्रमितको संख्या पुगेको छ । यीमध्ये २४५ जना महिला र ६०९ जना पुरुष रहेका छन । त्यस्तै हालसम्म जिल्लाका १ महिला र ६ जना पुरुष गरी ७ जना कोरोना संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।
