Fast Nepal News

भारतका प्रसिद्ध चार विश्वविद्यालयले करियर काउन्सिलिङ तथा एजुकेटरस् मिट गर्ने

banner single news

 

काठमाडौं- भारतका प्रसिद्ध चार विश्वविद्यालयले करियर काउन्सिलिङ तथा एजुकेटरस् मिट आयोजना गर्ने
भएका छन् । म्याक्स वे इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सी र करियर लिफ्टर्सले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै एजुकेटरस् मिट कार्यक्रम बारे जानकारी दिएको हो ।

उक्त कार्यक्रममा म्याक्स वे इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सीका मेनेजिङ डाइरेक्टर गम्भीर भगतले करियर काउन्सिलिङको महत्वका बारेमा जानकारी गराएका थिए ।
एजुकेटरस् र संचारकर्मीहरुलाई जानकारी गराउदै औरो युनिवर्सिटीका रजिष्ट्रार अजय यादवले विश्वविद्यालयमा सञ्चालित कोर्ष र शिक्षण पद्दतीको बारेमा जानकारी दिएका थिए ।
विश्व भर मान्यता प्राप्त शैक्षिक कार्यक्रमहरू सञ्चालन गरि रहेको मोदी युनिभर्सिटीको तर्फबाट नेपाली विद्यार्थीहरूलाई प्रदान गरिने सेवा सुविधा, छात्राब्रित्ती बारेमा डिजिएम प्रबिन झाले सहभागी कलेजका प्रिन्सिपल, प्रोफेसर र पदाधिकारीहरूलाई जानकारी गराएका थिए ।

पत्रकारहरूको जिज्ञासामा संस्कृति युनिभर्सिटीका मार्केटिङ् मेनेजर पियुष जिले सस्कृति युनिभर्सिटीले नेपालमा आइ उत्कृष्ट करियर काउन्सिलिङको महत्वका बारेमा जानकारी गराइरहँदा विद्यार्थी र कलेजबाट राम्रो रेस्पोन्स आएको र भविष्यमा पनि यस्तो कार्यक्रम आयोजना गर्न म्याक्स वे इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सी र करियर लिफ्टर्सले संयुक्त रूपमा निवेदन गरेको उल्लेख गरे ।

Inside Article Ads

ॠषीहुड युनिभर्सिटीका सिइओ तथा को-फाउन्डर सहिल अग्रवालले कार्यक्रम निकैनै जानकारी मुलक रहेको र पत्रकारहरुले यस बिषयलाई उच्च प्राथमिकतामा राखेर समाचार सम्प्रेषण गर्न अनुरोध गरेका थिए। “शैक्षिक परामर्श र करियर काउन्सिलिङको भिन्नता अझै विद्यार्थी बुझ्न सकेका छैनन्, चार वटा विश्वविद्यालयले एकै साथ बिभिन्न बिषयमा केन्द्रित रहेर करियर काउन्सिलिङ गर्दा कलेज र विद्यार्थीहरु सन्तुष्ट रहनु भयो। यो सफल अभियानमा साथ दिनुहुने सबैलाई धन्यवाद व्यक्त गर्न चाहन्छु ” उनले कुरा राख्दै भने ।

प्रेस मिट तथा एजुकेटरस् मिट कार्यक्रममा काठमाडौँ बल्ड स्कुलका प्रिन्सिपल केसर बहादुर खुलाल, दि चादबाहक स्कुलका भाइस प्रिन्सिपल सोम राज पनेरू, कामना इन्टरनेसनल कलेजका क्याम्पस चिफ महेश श्रेष्ठ, शुभश्री एकेडेमीक इन्टरनेसनल कलेजका प्रिन्सिपल समीर शर्मा , काठमाडौं ग्लोबल स्कुलका फाउण्डर प्रिन्सिपल मनोज आचार्य , न्यु मिलेनियम कलेजका प्रिन्सिपल सुभाष चन्द्र जोशी, जुबिल्यान्ट कलेजका प्रिन्सिपल ॠषी प्रसाद न्यौपाने, मनास्लु बल्ड कलेजका चेयरम्यान ज्ञानेन्द्र लामा, टोखा नगरपालिका का प्रमुख शिक्षा अधिकृत बाबुराम गौतम लगायत प्याब्सन, एन प्याब्सनका प्रतिनिधि अभिभावकको बाक्लै उपस्थिति रहेको थियो।

अघिल्ला बर्षहरुमा प्लस् टु पछिको अध्ययन र अवसरको बारेमा जानकारी गराउन धेरै शैक्षिक मेला र सेमिनार हुने गरेकोमा यस बर्ष कोरोनाको महामारीका कारण केही भर्चुअल काउन्सिलिङ प्रोग्राम आयोजना भएतापनि कोभिडको महामारीका कारण यस्ता कार्यक्रम विरलै हुँदै आएका छन् ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.