Fast Nepal News

केटू हिमालका किर्तीमानी १० आरोहीलाई टानको सम्मान

banner single news

 

काठमाडौं – यस हिउँद ऋतुमा संसारको दोस्रो अग्लो हिमाल माउण्ट केटूको आरोहण गरेर विश्व कीर्तिमान कायम गर्न सफल १० नेपाली आरोहीहरुलाई ट्रेकिंग एजेन्सी एसोसियन (टान ) ले सम्मान गरेको छ। विश्व रेकर्ड कायम गरेका कीर्तिमानी आरोहीहरुलाई टानले शुक्रबार होटल रेडिसन, लाजिम्पाटमा सम्मान गरेको हो । टान अध्यक्ष खुम वहादुर सुबेदी एवम् टानका पूर्व अध्यक्षहरुले कदर पत्र सहित किर्तीमानी आरोहीहरुलाई सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै के टू आरोहण दलका सबैभन्दा कान्छा आरोही मिङमारले आफूले नेपालको लागि उदाहरणीय काम गर्दा अत्यन्तै खुशी लागेको बताए । पाकिस्तनमा आफ्नो देशको झण्डा फहराउन पाउँदा हिमालको टुप्पोमा पनि छुट्टै राष्ट्र प्रेम अनुभव गरेको उनले स्मरण गरे ।उनले नेपालमा कोरोना कारण पर्यटन क्षेत्रमा निक्कै गाह्रो भइरहेको र क्वारेन्टाइनको सिस्टम ले गर्दा पनि पर्यटन क्षेत्रमा धेरै असर गरेको बताउदै क्वालिटी टिको पर्यटन भित्र्याउन धेरै कुराहरु सुधार गर्नुपर्ने भएकाले आवश्यक पहल गर्न टानलाई अनुरोध समेत गरे ।

Inside Article Ads

टानकी संस्थापक अध्यक्ष अम्बिका श्रेष्ठले नेपालीले यस अघि हिमाल आरोहण गरेपनि अन्तरराष्ट्रियस्तरमा खासै चर्चा पाउने नगरेको र यस पटक भने उत्साहजनक रुपमा चर्चा परिचर्चा भैरहेको बताउदै निर्मल पुर्जा र टीमले आफ्नो भन्दा पनि देशको नाम अगाडि राख्न सफल भएको भन्दै धन्यवाद ज्ञापन गरिन ।

साथै, कार्यक्रममा टानका अध्यक्ष खुम वहादुर सुबेदीले के टू आरोहण गरेर देशको शिर उचो पारेकामा किर्तीमानी आरोहीहरुलाई धन्यबाद ज्ञापन गर्दै उक्त पर्वतारोही दलका सदस्यहरुले आगामी दिनहरुमा अझै आफ्नो ब्रान्डलाई अगाडि बढाउनेमा आफु विश्वस्त रहेको उल्लेख गरे । साथै आगामी दिनमा पर्यटन क्षेत्र र पर्वतारोहण सम्बन्धी जुनसुकै कामको लागि टानले सदैव सहयोगीको भूमिका निभाउदै जाने प्रतिबद्धता समेत व्यक्त गरे ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.