Fast Nepal News

साईप्रसका लागि नेपाल चेम्बर अफ कमर्शको अवैतनिक व्यापार प्रतिनिधिमा रंजित महतो नियुक्त

banner single news

काठमाडौं, २३ माघ- नेपाली राजदूतावास, तेलअबिबको सिफारिसमा नेपाल चेम्बर अफ कमर्शले साइप्रस निवासी रञ्जित महतोलाई साईप्रसका लागि नेपाल चेम्बर अफ कमर्शको अवैतनिक व्यापार प्रतिनिधि नियुक्त गरेको छ । उनलाई नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले आज आयोजित भर्चुअल कार्यक्रमका बीच उक्त जिम्मेवारी प्रदान गरेका हुन ।

अवैतनिक व्यापार प्रतिनिधिमा नियुक्त महतोलाई शुभकामना दिँदै राजदूत डा. अन्जान शाक्यले नेपाल-साईप्रस कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पूरा भइसक्दा समेत अत्यन्तै सानो आकारमा व्यापार रहेकोले द्विदेशीय व्यापार बढाउन भूमिका खेल्न आग्रह गरिन । साथै उनले अधिकांश मुलुकसँग जस्तै साईप्रससँग समेत नेपालको व्यापार घाटा रहेको परिप्रेक्ष्यमा साईप्रसबाट नेपालमा लगानी भित्र्याउँदै नेपालको निर्यात व्यापार बढाउन तर्फ ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखिन् । कार्यक्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ, उपाध्यक्ष अग्रवाल, महिला चेम्बरका सभापति उर्मिला श्रेष्ठ, लगायतले नवनियुक्त अवैतनिक दुत महतोलाई शुभकामना दिएका थिए । गैर आवासीय नेपाली संघ, साईप्रसका अन्तर्राष्ट्रिय प्रतिनिधि रञ्जित महतो हाल प्रत्यक्ष वैदेशिक लगानी विषयमा विद्यावारिधि गर्दै छन्।

भर्चुअल कार्यक्रममा चेम्बरका महानिर्देशक कैलाश कुमार बजिमय, महिला चेम्बरकी सचिव लिमा अधिकारी,उप निर्देशक सृस्‍टि त्रिपाठी लगायतको सहभागीता रहेको थियो ।

अफ कमर्शको अवैतनिक व्यापार प्रतिनिधिमा रंजित महतो नियुक्त

Inside Article Ads

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.