Fast Nepal News

होटेल संघ र ट्रेड युनियनबीच नयाँ सामूहिक सम्झौता

banner single news

काठमाडौं, माघ १४ – होटेल संघ नेपाल (हान) र ट्रेड युनियनबीच १० बुँदे नयाँ सामूहिक सहमति भएको छ । संघ र युनियनबीच यसअघि भएको पारिश्रमिकसम्बन्धी सम्झौता पुस १६ गते सकिएको र हालसम्म पर्यटन क्षेत्रमा कोभिड–१९ का कारणले कुनै सुधार नआएकाले श्रमिक तथा कर्मचारीको जीवनयापनसहित रोजगारीमा सहजीकरण होस् भन्ने हेतुले नयाँ सम्झौता गरिएको संघले जनाएको छ ।

सम्झौता अनुुसार पाँचतारे होटेलले श्रमिक तथा मजदुरलाई मासिक पाँच हजार, चारतारे होटेलले चार हजार, तीनतारे होटेलले तीन हजार, दुईतारे होटेलले दुई हजार ५००, एकतारे होटेलले मासिक दुई हजार रुपैयाँ दिने सहमति भएको छ । पर्यटकस्तरीय होटेलका श्रमिक तथा कर्मचारीको हकमा भने सञ्चालक र कर्मचारीबीचको आपसी सहमतिमा निर्धारण हुने जनाइएको छ ।

Inside Article Ads

कोभिड–१९ को महामारीका कारण सरकारद्वारा गरिएको बन्दाबन्दीबाट होटेल व्यवसाय पूर्ण रूपमा ठप्प भई व्यवसाय धरासायी हुन गएको अवस्थामा त्यस्ता प्रतिष्ठानहरूमा कार्यरत् कर्मचारीहरूको पारिश्रमिक भुक्तानीसम्बन्धी समस्या समाधान र व्यवस्थापन गर्न नयाँ सहमति गरेको संघका महासचिव साजन शाक्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.