Fast Nepal News

पूर्व गोर्खा एवं अभियन्ता चन्द्र लक्सम्बाको मस्तिष्कघातबाट निधन

banner single news

काठमाडौं, माघ १४ – पूर्व गोर्खा एवं अभियन्ता चन्द्र लक्सम्बाको कोरोना संक्रमणबाट निधन भएको छ । बेलायतको नेपाली समुदायमा चर्चित बुद्धिजिवी एवम् प्राध्यापक लक्सम्बाको बेलायतको फार्नबरोस्थित फ्रिम्ली पार्क अस्पतालमा उपचारकै क्रममा मंगलबार निधन भएको हो।

५९ वर्षीय लक्सम्बालाई कोभिड संक्रमणपछि विगत ९ दिनदेखि अस्पतालमा राखेर उपचार भइरहँदा सोमबार अचानक ‘स्ट्रोक’ (मस्तिष्कघात) भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको उनका सहकर्मी डा. कृष्ण अधिकारीले जानकारी दिए।

नेपालको ओपन युनिभर्सिटीमा प्राध्यापकका रूपमा कार्यरत लक्सम्बाले बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा रिसर्च फेलोका रुपमा समेत काम गरेका थिए।

बेलायती सेनामा १९ वर्ष सेवा गरेका लक्सम्बाले बेलायतकै सर युनिभर्सिटीबाट पिएचडी गरेका हुन्।

गोर्खा सैनिकबाट अवकास भएपछि करीब दुई वर्ष अक्सफोर्ड विश्वविद्यालयमा अनुसन्धान सहायकका रूपमा काम गरेका लक्सम्बाले सन् २००६ देखि २००९ सम्म नेपाल अध्ययन केन्द्र, युकेले गरेको बेलायतमा बस्ने नेपालीहरुको गणना परियोजनाको संयोजकका रूपमा काम गरेका थिए ।

Inside Article Ads

राजनीतिकरूपमा पनि सक्रिय डा लक्सम्बा विसं २०३६ सालमा अस्कल क्याम्पस स्ववियुको सभापतिमा निर्वाचित भएक थिए।

बेलायत तथा नेपालमा बौद्धिक छवि बनाएका उनले भूतपूर्व गोर्खा आन्दोलनमा निरन्तर योगदान गर्दै आएका थिए। केही समयअघि मात्रै उनलाई नेपाल सरकारले लुम्बिनी बौद्ध विश्वविद्यालयमा सिनेट सभा सदस्यमा मनोनितसमेत गरेको थियो।

पुर्ख्यौली घर नेपालको ताप्लेजुङ भएका उनी धरानमा बसोबास गर्दै आएका थिए। पछिल्लो समय बेलायत अल्डरसटनजिक फ्रिम्लीमा बस्दै आएका उनका श्रीमती र दुई छोरा छन्।

Visited 30 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.