Fast Nepal News

कैलाली बहुमुखी क्याम्पस सुप विश्वविद्यालयमा समायोजन

banner single news

महेन्द्रनगर – माघ १३

महेन्द्रनगर, कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिममाञ्चल (सुप) विश्वविद्यालयको आंगिक क्यापसको रूपमा समायोजन भएको छ । विश्वविद्यालयका प्रवक्ता गोविन्द वल्लभ पन्तले लामो समयको प्रयासपछि कैलाली क्याम्पस सुप विश्वविद्यालयमा समायोजन भएको बताए ।

कैलाली बहुमुखी क्याम्पस यसअघि त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको रूपमा थियो । २०७७ पुस ३ गते सुदूरपश्चिम विश्वविद्यालयको सम्पन्न आठौं साधारणसभाबाट स्वीकृत भएबमोजिम यसलाई सुदूरपश्चिमको आंगिक क्याम्पस बनाउने निर्णय गरिएको थियो । सुप विश्वविद्यालयको आंगिक क्याम्पस बनेसँगै अब संस्थागत विकासको कार्यक्रम तीव्ररूपमा अघि बढाइने प्रवक्ता पन्तले बताए । चालू शैक्षक सत्रदेखि नै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको पाठ्यक्रम तथा कार्यक्रम सञ्चालन गरिने र त्रिविका कार्यक्रम क्रमशः प्रतिस्थापना हुने जानकारी उनले दिए ।

Inside Article Ads

विश्वविद्यालयका उपकुलपति डा अम्मराज जोशी, राजिष्ट्रार डा गोविन्दसिंह विष्ट र कैलाली बहुमुखी क्याम्पसका प्रमुख डा पदमराज जोशी, क्याम्पस सञ्चालन समितिका अध्यक्ष सूर्यबहादुर थापा, उपाध्यक्ष धनगढी उपमहानगरपालिका मेयर नृप वड, समायोजन कार्य दल संयोजक तथा पूर्व अध्यक्ष घनबहादुर शाहबीच समायोजनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आर्थिक अभियान दैनिकबाट

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.